Skip This
कोसी नामकरण विवाद : लिम्बूको परिवारलाई तीन लाख दिने प्रदेश सरकारकाे निर्णय 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोसी नामकरण विवाद : लिम्बूको परिवारलाई तीन लाख दिने प्रदेश सरकारकाे निर्णय 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:४८:oo

कोसी प्रदेश खारेजीको माग गर्दै प्रदर्शनमा सहभागी हुँदा घाइते भएर उपचारका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। 

धरान– १५ का लिम्बू कोसी प्रदेश खारेजीको माग गर्दै ५ चैतमा विराटनगरमा भएको पहिचान पक्षधरहरूको प्रदर्शनमा घाइते भएका थिए। उनको उपचारको क्रममा धरानस्थित विबिपी स्वास्थ्य प्रतिष्ठानमा १० चैतमा मृत्यु भएको थियो। 

उक्त घटनाको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशनमा ६ सदस्यीय छानबिन समिति गठन भएको छ। पहिचान पक्षधरले उनलाई सहिद घोषणा गरेर परिवारलाई क्षतिपूति दिन दिन प्रदेश सरकारसँग माग गरेका थिए।

पहिचान पक्षधरको आन्दोलन जारी 

पहिचान पक्षधरहरूले ५ चैतसम्म पहिलो चरणको आन्दोलन घोषणा गरेर सम्पन्न गरिसकेका छन् भने दोस्रो चरणको पनि आन्दोलन घोषणा गरेका छन्। उनीहरूको दोस्रो चरणकाे आन्दोलन १० चैतदेखि १४ सम्म चल्ने बताइएको छ। 

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट संविधानअनुसार नामकरण टुंगो लागेकोले कोसी प्रदेस खारेजी त के संशाेधनका लागि छलफलसमेत नहुने प्रतिक्रिया दिएका छन्। 

नाम स्वीकार गर्न चार ठूला दलको आग्रह 

कोसी प्रदेशका चार ठूला दलले संविधानअनुसार नामकरण टुंगो लागेको भन्दै नाम स्वीकार गर्न पहिचान पक्षधरहरूलाई आग्रह गरेका छन्।

कांग्रेस संसदीय दलका नेता तथा आइतबार कोसी प्रदेशका सभापति उद्धव थापा, एमाले कोसी प्रदेश कमिटी अध्यक्ष, तुलसी न्यौपाने, माओवादी केन्द, कोसी प्रदेश समिति सचिव गणेश उप्रेती र राप्रपा कोसी प्रदेश अध्यक्ष राम थापाले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै समाजिक सदभाव कायम राख्दै नाम स्वीकार गर्न आग्रह गरेका हुन्।