मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बालिका मृत्यु प्रकरण : चिकित्सकविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार १०:०८:००

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा २२ दिनदेखि धर्ना दिँदै आएका मृतकका आफन्तले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेका छन् । अस्पतालले लापरबाही गरेकाले मेडिकल लापरबाही दुष्कृतिअन्तर्गतको मुद्दा दर्ता भएको हो । आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कारबाही र क्षतिपूर्ति माग गरेका छन् । 

प्रशासनिक र कानुनी बाटोबाट न्याय माग्न सुरु गरिएकाले अब अस्पतालमा धर्ना नदिइने मृतक बालिकाका बुबा गंगा गौतमले जानकारी दिए । ‘अस्पतालले हाम्रो कुरा सुन्दैसुनेन, उनीहरूको गल्ती लुकाउने गरी हामीले सहमति गर्न चाहन्नौँ,’ उनले भने, ‘बरु कानुनी रूपमा अघि बढ्छौँ,’ उनले भने । अस्पताल प्रशासनले आफूहरूका माग बेवास्ता गरेकाले अदालती प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।

मोरङ–पथरी घर भएकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा २६ माघमा मृत्यु भएको थियो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त धर्नामा बस्दै आइरहेका थिए । गत २३ माघमा सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबा गंगा गौतमले उपचारका लागि हिमाल अस्पताल लगेका थिए ।