१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १२ आइतबार १९:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

द्वन्द्वमा श्रीमान् गुमाएकी सांसद कार्कीको प्रश्न- क्रुर र सामान्य हत्या कसरी नापिन्छ ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १९:१o:oo

कांग्रेसकी सांसद मैना कार्कीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकको परिभाषा सच्याउन माग गरेकी छिन्। 

प्रतिनिधिसभामा प्रस्तुत विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद कार्कीले हत्या वर्गीकरण गर्ने गरी गरिएको परिभाषा सच्याउन माग गरेकी हुन्।

क्रुर र जघन्य हत्यालाई गम्भीर मानवअधिकार उल्लंघन र सामान्य हत्यालाई मानवअधिकार उल्लंघन मानेर माफी हुन सक्ने व्यवस्था विधेयकमा छ। 

द्वन्द्वका क्रममा श्रीमान् गुमाएर द्वन्द्वपीडितले न्याय पाउनुपर्ने आन्दोलनमा सक्रिय सांसद कार्कीले प्रश्न गरिन्, ‘हत्या वर्गीकरण गरिएको छ। क्रुर हत्या र सामान्य हत्या कसरी नापिन्छ ? मलाई बताइदिनुपर्‍यो। परिभाषा सच्याइयोस् । हत्या जघन्य अपराध नै हो।’ 

उनले थपिन्, ‘यसमा छलफल गरियोस्। पीडितलाई न्याय दिइयोस्। आमपीडितले विधेयक अड्कियोस् भनेर चाहेको छैन। तर दफावार छलफल भएर पीडितले न्याय महसुस गर्ने, अन्तर्राष्ट्रिय समुदायले पत्याउने गरी होस्।’

संवेदनशील विधेयक भएकाले संशोधन हालेर अगाडि बढाइदिन उनले आह्वान गरिन्।