१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Friday, 09 May, 2025
२o७९ चैत १२ आइतबार १४:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लुम्बिनीबाट बाहिरियो माओवादी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १४:४२:oo

लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। केन्द्रमा समीकरण फेरिएसँगै लुम्बिनीमा पनि माओवादीले आफ्नो समर्थन फिर्ता लिएको हो। 

आइतबार तीनैजना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रका सांसद कृष्णा केसीले जानकारी दिइन्।

‘आज हामी माओवादीका तीनैजना मन्त्रीले राजीनामा बुझायौँ,’ उनले भनिन्, ‘अब नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्छ।’ उनले केन्द्रमा बनेको समीकरणअनुसार प्रदेशमा सरकार बन्ने गरी तयारी गरिएको बताइन्। 

लुम्बिनीमा माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री थए। माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।  

प्रदेशमा ८७ सांसदमध्ये एमाले २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका चार-चार, जसपा, लोसपा र जनमत पार्टीका तीन-तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक-एकजना प्रदेश सभा सदस्य छन्।

प्रदेश सभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ।