Skip This
भारतीय दूतावासले मनायो ५८औँ आइटेक दिवस
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय दूतावासले मनायो ५८औँ आइटेक दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१९:oo

भारतीय दूतावासमा ५८औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक)दिवस मनाइएको छ। 

कार्यक्रममा प्रतिष्ठित व्यक्ति, वरिष्ठ सरकारी अधिकारी, आइटेकका भूतपूर्व विद्यार्थी र भारतका शैक्षिक संस्थामा अध्ययन गरेका प्रमुख पूर्वविद्यार्थी गरी पाँच सयभन्दा बढीको उपस्थिति थियो।

समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक कार्यक्रममार्फत भारतले खेल्दै आएको भूमिकाको चर्चा गरेका थिए। उनले भारतले यो वर्ष नेपालका लागि रेलमार्गलगायतका विषयमा नयाँ कोर्सको सुरुवात गर्नेबारे छलफल भइरहेको बताए। 

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरे, नेपाली सेनाका सहायक रथी पूर्णबहादुर खत्री, संघीय संसद् सचिवालयका सचिव रोजनाथ पाण्डे र नेपाली सेनाका सेनानी रेश्मा केसीलगायतका आइटेक अलम्नाईहरूले भारतमा रहँदाका अनुभव सुनाएका थिए।  

सो अवसरमा भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। सन् १९६४ बाट सुरु भएको यस कार्यक्रमले साझेदार राष्ट्रको क्षमता अभिवृद्धि गर्न सघाउ पुर्‍याउँदै आएको छ। पछिल्लो १५ वर्षमा मात्रै नेपालका दुई हजारभन्दा बढी अधिकारीलाई आइटेकअन्तर्गत तालिम दिइएको दूतावासले जनाएको छ।