१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्ज नर्सिङ क्याम्पसमा निर्वाचित सभापति चौधरीको प्यानललाई ५१ किलोको माला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

वीरगन्ज नर्सिङ क्याम्पसका नवनिर्वाचित स्ववियु सभापति मनीषा चौधरीको प्यानललाई ५१ किलोकाे फूलकाे मालाले सम्मान गरिएको छ। सम्मान कार्यक्रममा अनेरास्ववियु पर्सा जिल्ला कमिटीले उनीहरूलाई ५१ किलोको मालाले सम्मान गरेको हो।

स्ववियु सभापति चौधरीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रभु हजारा र नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले माला लगाएर सम्मान गरेका थिए।

वीरगन्ज नर्सिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियु नेतृत्वले जित हासिल गरेको छ। ५ चैतमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुका स्ववियु सभापतिमा मनीषा चौधरी ९१ मतसहित विजयी हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेविसंघकी यामिनी खड्काले ६३ मत पाएकी थिइन्।

सचिवमा पनि अनेरास्ववियुकै सृष्टि तिमिल्सिना र कोषाध्यक्षमा अर्चना गुप्ता विजयी भएका छन्। त्यस्तै, सदस्यमा अनेरास्ववियुकै विवेक रनावत र मुन्ना श्रेष्ठ तथा नेविसंघकी स्मृति थापा विजयी भए।

समानुपातिक सदस्यमा अनेरास्ववियुकै सदीक्षा शाही, दीपशिखा केसी र शिक्षा खनाल चयन भएका छन्। यसअघिको ०७३ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ प्यानलसहित विजयी भएको थियो।