१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सांसद बजगाईं भन्छन् – कांग्रेसमा ‘टेस्डटेड’लाई होइन, ‘फ्रेस’लाई मन्त्री बनाउनुपर्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

कांग्रेस सांसद् राजेन्द्र बजगाईंले कांग्रेसले मन्त्री बनाउँदा पटक-पटक मन्त्री भएकालाई फेरि मौका दिन नहुने बताएका छन्।

नयाँ पत्रिकासँग कुरा गर्दै उनले कांग्रेसमा यसपटक नयाँ र युवा अनुहारले अवसर पाउनुपर्ने आवाज रहेकाे बताएका हुन्। ‘अरू पार्टीले नयाँलाई अवसर दिइरहेका छन्। कांग्रेसबाट पुरानालाई मन्त्रिपरिषदमा पठाउँदा नयाँ पार्टीमा गएको युवा आकर्षण कांग्रेसले फर्काउन सक्दैन,’ उनले भने।

कांग्रेसइतर निकट मानिने बजगाईंको नाम पनि कांग्रेसबाट मन्त्रीको आकांक्षीका रूपमा चर्चामा छ। कांग्रेसबाट मन्त्री कसलाई बनाउने भन्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरिरहेका छन्।

इतरसमूहले पनि गठबन्धनबाट कांग्रेसले पाउने मन्त्रालयमध्ये महाधिवेशनको मतअनुसार ४० प्रतिशत हिस्सेदारी आफूले पाउनुपर्ने भन्दै छलफल गरिरहेको छ। बिहीबार नेता डा. शेखर कोइरालाले आफूनिकटको भेला बोलाएर पछिल्लो अवस्थाबारे नेताहरूसँग परामर्श गरेका थिए।