मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १४ आइतबार
  • Sunday, 28 May, 2023
२०७९ चैत ११ शनिबार १२:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ

Read Time : < 1 मिनेट
२०७९ चैत ११ शनिबार १२:४४:००

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्ष ०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो।

प्रहरीले अदालतको विभिन्न मितिहरूको फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरू नियन्त्रणमा लिएर उनीहरूको सजाय भुक्तान गराउँदै छ। यो आर्थिक वर्षमा फरार प्रतिवादीहरूबाट कुल ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी विजयराज पण्डितले जानकारी दिए।

चितवन प्रहरीले फागुनमा मात्रै ३७ जनालाई नियन्त्रणमा लिएको थियो। ३७ प्रतिवादीबाट मात्रै १७ वर्ष ६ महिना २ दिन कैद र १९ लाख ३१ हजार ८४५ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको पण्डितले बताए।