Skip This
मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:२१:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२१:oo

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने ६ कर्मचारी तथा बिचौलियालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उक्त जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा खरिद भएकोमा उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज पौड्यालले भने सफाइ पाएका छन् । 

विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारुको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो । अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार जिल्ला मालपोत कार्यालय नवलपरासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भुषाल र कम्प्युटर अपरेटर एजाज खाँलाई सजाय सुनाइएको हो । 

अख्तियार दुरुपायोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध ११ कात्तिक २०७५ मा सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भनी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । दुई बिगहा १५ कठ्ठा दुई धुर सरकारी जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा पुर्याएको दाबीसहित अन्य चारजनालाई पनि प्रतिवादी कायम गरिएकोमा पौड्यालले सफाइ पाएका हुन् । 

विशेषका प्रवक्ता योगीका अनुसार मालपोत अधिकृत पन्थीलाई एक वर्ष कैद सजाय सुनाइएको छ । यसैगरी, यस मुद्दामा एक करोड १२ लाख रुपैयाँ बिगो ठहर भएकोमा १८ लाख ६६ हजार ६ सय रुपैयाँभन्दा बढी जरिवाना असुल गर्ने फैसलामा छ । 

मालपोतका खरिदार भुषाल र कम्प्युटर अपरेटर खाँलाई १०÷१० महिना कैद र पन्थीलाई जति नै रकम बिगो तथा जरिवाना भराउने आदेश भएको प्रवक्ता योगीले बताए ।

अख्तियारले प्रचलित मूल्यअनुसार उक्त जग्गाको दुई करोड ८६ लाख ५२ हजार रुपैयाँभन्दा बढी बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो । नवलपरासीको साविक तिलकपुर गाविस वडा नं. ५ स्थित उक्त सार्वजनिक जग्गा दीपक सुनार नामक व्यक्तिले आफ्नो नाममा गराई लुम्बिनी ग्यासका प्रतिनिधि पौड्याललाई बिक्री गरेका थिए । 

यस कार्यमा कर्मचारीहरूको संलग्नता रहेको भन्दै उनीहरूमाथि मुद्दा दायर भएको थियो । ‘..गैरकानूनी रुपमा व्यक्ति विशेषको नाममा कम्प्युटर इन्ट्री गरी, नक्कली श्रेस्ता, पुर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाइ, वडा कार्यालयको घर बाटो सिफारिससमेत केरमेट गरी गराई सोको आधारमा हक हस्तान्तरणको लागि राजीनामाको लिखत पारित गर्ने र पुनः निजी कम्पनीको नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा तयार गरी राष्ट्रसेवक कर्मचारी भई आफ्नो पदको दुरुपयोग गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ तथा प्रत्यक्ष फाइदा पुर्याउने कार्यमा संलग्न’ रहेको अख्तियारको आरोप थियो । 

मालपोत कार्यालयका कर्मचारीहरूलाई अनुचित प्रभावमा पारेको तथा आफू गैरकानूनी लाभ लिने नियतले आफ्नो नाममा नक्कली जग्गाधनी श्रेस्ता र प्रमाणपूर्जा खडा गरेको भन्दै दीपक सुनारलाई पनि विशेषले सजाय सुनाएको छ । 

उनलाई यस मुद्दामा मतियार ठहर गर्दै एक वर्ष कैद तथा १८ लाख ६६ हजार रुपैयाँ जरिवाना भएको प्रवक्ता योगीले बताए । सुनारले सरकारी आफ्नो नाममा ल्याइ लुम्बिनी ग्यासलाई बिक्री गरेका थिए ।

खरिद बिक्रीमा बिचौलिया रहेका यादवप्रसाद भण्डारीमाथि पनि बिचौलियाका रूपमा कसूरमा मतियार रहेको ठहर गर्दै विशेषले ६ महिना कैद तथा नौ लाख ३३ हजार रुपैयाँ जरिवाना हुने सजाय सुनाएको छ । खरिद बिक्रीमै संलग्न रहेका सुदन श्रेष्ठलाई पनि मतियारकै कसूरमा उति नै कैद सजाय र जरिवाना सुनाइएको छ ।