१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस पेरिस
Invalid date format १८:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

फ्रान्समा निवृत्तिभरण सुधारविरुद्ध राष्ट्रव्यापी प्रदर्शन

Read Time : < 1 मिनेट
रासस, पेरिस
नयाँ पत्रिका
Invalid date format १८:४६:oo

राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सारेकाे निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने संकेत देखापरेको छ ।

अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा १० लाखभन्दा बढी सहभागी भएका थिए भने आगामी साता बेलायतका राजा सार्ल्स तृतीयको भ्रमणको समय पारेर राष्ट्रव्यापी हडताल र विरोध प्रदर्शनका निम्ति आह्वान भएको छ ।

राष्ट्रपतिले म्याक्रोँले अघि सारेका सेवानिवृत्तको उमेरप्रति फ्रान्सेली क्रूद्ध भएका छन् । उनले ‘रिटायर’ हुने विद्यमान ६२ वर्षको उमेर हदलाई बढाएर ६४ पुर्‍याउने विधेयक प्रस्ताव गरेका छन् । भारी मतले सदनले अनुमोदन गरेको उक्त विधेयक संसदीय समितिमा विचाराधीन छ । उक्त समितिले अन्तिम मस्यौदा तयार गरेर पुनः सदनमा प्रस्तुत गर्नेछ।

यसैबीच, बिहीबारको राष्ट्रव्यापी विरोध प्रदर्शनका क्रममा चार सय ५७ जना पक्राउ परेका तथा चार सय ४१ जना घाइते भएका गृहमन्त्री गेराल्ड डर्मानिनले बताएका छन् । राजधानी पेरिसमा ठूलो प्रदर्शन भएको तथा धेरै स्थानमा टायर बालेर विरोध गरिएको उनले जानकारी दिए ।