Skip This
‘गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ’ 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:२२:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन्। 

पार्टीनिकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताएका हुन्। 

विगतमा दुईतिहाइको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धन सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको प्रस्ट पारे। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई  कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गरे। 

उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जनसंगठन विस्तार गर्न निर्देशन दिए। 

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कम्युनिस्ट आन्दोलनको मूलमर्मलाई आफ्नो पार्टीले आत्मसात् गरेकाले समान वैचारिक दृष्टिकोण राखेका कम्युनिस्ट शक्तिको एकताका क्रममा नेकपा एकीकृत समाजवादीलाई केन्द्रमा राख्नुपर्ने बताए। 

उनले अन्तरिक एकता सुदृढ गरी संगठनलाई मजबुत बनाउन सकिने बताउँदै पार्टी संगठन विस्तारका क्रममा अनेक भ्रम फैलाइने हुँदा पार्टीको आधिकारिक निर्णयलाई अवलम्बन गर्न आग्रह गरे।