
सबै घरपरिवारमा बिजुली पुर्याउने सरकारको लक्ष्य क्रमशः पूरा हुने चरणमा पुगेको छ । राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार कुल ९२.२ प्रतिशत घरपरिवारमा बत्ती बाल्नका लागि बिजुलीको प्रयोग भएको पाइएको छ ।
१० वर्षपहिले बिजुली प्रयोग गर्ने परिवार ६७.३ प्रतिशत मात्रै थिए । बत्ती बाल्न सोलार, सौर्य ऊर्जा प्रयोग गर्ने परिवार ६.६ प्रतिशत छन् । यस आधारमा हेर्दा स्वच्छ ऊर्जाको पहुँच ९८.८ प्रतिशतबराबर हुन पुगेको छ । मट्टीतेल र अन्य इन्धन प्रयोग गर्ने परिवार एक प्रतिशतभन्दा कम रहेका छन् ।