१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गण्डकीमा माओवादीले लियो समर्थन फिर्ता, मुख्यमन्त्री अधिकारी अल्पमतमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। 

आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए। 

माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उनको भनाइ छ। माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन्। 

यसअघि बिहीबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई निर्देशन दिएका थिए। 

माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ। विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ।

एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेश सभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्तासमीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता चुमानले बताए। 

उनले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे। २७ सदस्यसहित प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन्। 

६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ प्रदेश सभा सदस्यको समर्थन जुटाउनुपर्छ। कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ। 

नयाँ बन्ने सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय भने अझै नटुंगिएको नेताहरूले बताएका छन्। कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्। रासस