Skip This
ट्रम्प र पुटिनबारे ‘फेक’ तस्बिर छ्यापछ्याप्ती 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Wednesday, 12 August, 2026
२o७९ चैत १० शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्प र पुटिनबारे ‘फेक’ तस्बिर छ्यापछ्याप्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार १४:१७:oo

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झुटा तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन्।  

केही दिनदेखि सञ्जालमा छ्यापछ्याप्ती भएका ती तस्बिर  ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

पूर्वराष्ट्रपति ट्रम्पले गत आइतबार आफू पक्राउ पर्न सक्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई आधार बनाएर उनलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। 

यस्तै नेदरल्यान्डसकाे  हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ पुर्जी जारी गरेपछि उनलाई कारागार चलान गरिएका फेक तस्बिर तथा भिडियो क्लिप पनि सामाजिक सञ्जालमा ‘अपलोड’ भएका छन्। 

 मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने भन्दै यसको व्यापक विरोध भएको छ। वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्टले मिथ्या समाचार र तस्बिरले संकटका वेला थप विपत् निम्त्याउने हुनाले यस्तो कार्यमा संलग्नलाई तत्काल कानुनको दायरा ल्याउनुपर्ने बताए। 

यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्ने, दर्शक वा स्राेताले आफ्नो विवेक गुमाउने समस्या आउने उनले बताए।