१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत १० शुक्रबार १०:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत १० शुक्रबार १०:२०:००

वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचारवाचिका ताम्राकारको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको उनकी छोरी एवं सञ्चारकर्मी गृष्मा राजभण्डारीले जानकारी दिइन् ।

वि.सं. २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले ०४९ सालसम्म रेडियो नेपालमा समाचारवाचनका साथै नासो, हाम्रो देशको माटो, हाम्रो वन हाम्रो जीवनलगायत कार्यक्रम सञ्चालन गरेकी थिइन् । पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन् ।

ताम्राकार चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित थिइन्। स्व. ताम्राकारको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  रासस