Skip This
मुख्य प्रशिक्षक मोन्टीको पारिश्रमिक बढ्यो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:o८:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुख्य प्रशिक्षक मोन्टीको पारिश्रमिक बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:o८:oo

नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २० प्रतिशतले बढाएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय मान्यता रक्षा गरेको र एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुर्‍याएपछि प्रशिक्षक देसाईको पारिश्रमिक क्यानले वृद्धि गरेको हो । क्यानले सम्झौताअनुसारै प्रशिक्षक देसाईको मासिक पारिश्रमिक बढाएको जनाएको छ । क्यानका अनुसार देसाईले १ अप्रिलदेखि प्रतिमहिना १२ हजार अमेरिकी डलर पाउनेछन् । 

यसअघिको उनको प्रतिमहिना पारिश्रमिक १० हजार अमेरिकी डलर थियो । ‘हामीले सम्झौताअनुसारै उहाँ (देसाई)को तलब वृद्धि गर्ने तयारी गरेका छौँ,’ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘देसाईको प्रशिक्षणमा एकदिवसीय मान्यता मात्र रक्षा भएन, नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा समेत पुग्यो ।’ २३ माघमा देसाई नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका थिए । 

आइसिसी विश्वकप लिग–२ मा १२ मध्ये ११ खेलमा नेपाललाई उत्कृष्ट जित दिलाएका मुख्य प्रशिक्षक मोन्टी देसाईले १ अप्रिलदेखि प्रतिमहिना १२ हजार अमेरिकी डलर पारिश्रमिक पाउने

‘नेपालको एकदिवसीय मान्यता जोगिँदा प्रशिक्षकको तलब वृद्धि हुने सम्झौता भएको थियो, प्रशिक्षक देसाईले नेपालको एकदिवसीय मान्यता रक्षा गर्नुभएको छ,’ चन्दले भने । देसाईको आगमनमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अभूतपूर्व प्रदर्शन गरेको थियो । उनी आउनुअघिसम्म नेपाल आइसिसी विश्वकप लिग–२ को छैटौँ स्थानमा थियो । नेपालले १८ अंक मात्र जोडेको थियो । दुई महिनाअघिसम्म पनि नेपालको एकदिवसीय मान्यता रक्षा नहुने अवस्थामा थियो । 

देसाईको प्रशिक्षणमा लगातार तीन सिरिज
नेपालले एकदिवसीय मान्यता जोगाउन विश्वकप लिग–२ मा कम्तीमा आठ खेल जित्नुपर्ने थियो । तर, देसाईको प्रशिक्षणमा नेपालले विश्वकप लिग–२ मा ४० अंक जोड्दै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोट स्थान रक्षा गर्न सफल भयो । यो ऐतिहासिक सफलतामा नेपालले पछिल्ला १२ मध्ये ११ खेलमा जित निकाल्यो । नेपालले लगातार पाँच र ६ खेलमा जित हात पा¥यो । १२ मध्ये एक खेलमा नेपाल युएईसँग मात्र पराजित भएको थियो । 

देसाईको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा दुईवटा अन्तर्राष्ट्रिय र युएईमा एउटा एकदिवसीय सिरिज हात पारेको थियो । नेपालले त्रिविको घरेलु मैदानमा विश्वकप लिग–२ अन्तर्गत दुवै सिरिजमाथि क्लिन स्विप गरेको थियो । नेपालले युएईमा चारमध्ये तीन खेल आफ्नो पक्षमा राख्यो । त्रिवि मैदानमा नेपालले आठवटै खेल जित्यो ।