मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
२०७९ चैत १० शुक्रबार ०६:३४:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

धनी बुबा र बुद्धिमान् छोरा

Read Time : < 1 मिनेट
२०७९ चैत १० शुक्रबार ०६:३४:००

एउटा ठूलो देशमा बस्ने एकजना धनाड्य थिए । उनिसँग धन–सम्पत्ति प्रशस्त थियो । उनी आफ्नो छोरालाई विपन्न मानिसहरू कति दुर्भाग्यपूर्ण जीवन व्यतित गरिरहेका छन् भनेर देखाउन र धनी पिता पाएर तिमी कति भाग्यशाली भएका छौ भनेर बुझाउन चाहन्थे ताकि छोरा कृतज्ञ होस् । 

त्यसैले, एकदिन उनले छोरालाई देशयात्रामा लगे । यात्राका क्रममा उनीहरू एउटा सानो गाउँमा पुगे । त्यहाँ उनीहरूले एउटा निकै गरिब परिवारको घरमा केही दिन बिताए । यात्राबाट फर्किएपछि ती पिताले छोरासँग सोधे, ‘यात्रा कस्तो लाग्यो त बाबु ?’

छोराले एकदमै उत्साहकासाथ जवाफ दियो, ‘यात्रा एकदमै गज्जब अविस्मरणीय थियो बाबा ।’ ती धनाड्यले छोरालाई सोधे, ‘गरिब मानिसहरूको जीवन कस्तो रहेछ देख्यौ नि ? यो यात्राको एक मात्र उद्देश्य एउटा धनी परिवारमा जन्मिन पाउनु कत्रो सौभाग्य रहेछ भनेर तिमीलाई बुझाउनु थियो ।’ छोरा आफ्ना बुबातर्फ हेर्दाै मुस्कुरायो र भन्यो, ‘हजुर !’ उनले छोरालाई सोधे, ‘मेरो प्यारो छोरा तिमीले यो यात्राबाट के–के कुरा सिक्यौ त ?’

त्यो बुद्धिमान छोराले उत्तर दियो, ‘बुबा, मैले ती गरिब मानिसको जीवनमा थुप्रै कुरा देखेँ । मैले देखेँ कि हामीसँग एउटा मात्र कुकुर छ, जबकि उनीहरूसँग तीन–तीनवटा कुकुर थिए । हामीसँग एउटा स्विमिङ पुल छ, त्यो पनि धेरैमा बगैँचाको बीचसम्म लामो होला, तर उनीहरूसँग एउटा अन्तहीन सिंगै नदी थियो । हाम्रो बगैँचा र बरन्डामा आयातीत बत्तीहरू छन् भने उनीहरूसँग राति झलमल्ल लाखौँ तारा हुदाँ रहेछन् । हाम्रो आँगन अगाडिको पर्खालसम्म मात्र छ तर उनीहरूको आँगन त पूरै क्षितिजसम्म फैलिएको रहेछ ।’

छोराको उत्तर सुनेर उक्त धनाड्य व्यक्ति अवाक् भयो । सुखी र खुसहाल जीवनका लागि दृष्टिकोण विशाल हुनुपर्छ । सम्पत्ति विशाल हुनुपर्छ भन्ने छैन भन्ने पाठ यो कथाले दिन्छ ।