मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ १४ आइतबार
  • Sunday, 28 May, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ९ बिहीबार २१:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नेगेटिभ कम्युनिकेशन’ गर्ने पाइलट निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ९ बिहीबार २१:५८:००

नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटिसी) सँग ‘नेगेटिभ कम्युनिकेशन’ गर्ने एक पाइलटलाई निलम्बन गरेको छ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं–लुक्ला उडानका क्रममा टावरसँग ‘नेगेटिभ कम्युनिकेशन’ गर्ने अन्नपूर्ण हेलिकोप्टरका एक पाइलटलाई ग्राउन्डेड गरिएको हो। 

'यही २१ मार्च २०२३ मा काठमाडौंबाट लुक्ला जाने क्रममा अन्नपूर्ण हेलिकोप्टरका एक पाइलटले मिस कम्युनिकेसन गरेको हुनाले निजलाई ग्राउन्डेड गरिएकोछ,' प्रवक्ता निरौलाले भने। 

नागरिक उड्ययनको भाषामा नेगेटिभ कम्युनिकेशन भन्नाले टावरले रिपोर्टिङ गर्न भनेको समयमा रिपोर्ट नगरेर बस्नुलाई मानिन्छ । पाइलटले निश्चित अन्तरालमा आफ्नो वास्तविक अवस्थाबारे अनिवार्य रूपमा एयर ट्राफिक कन्ट्रोलर (एटिसी)लाई जानकारी गराउनुपर्छ । 

प्रवक्ता निरौलाका अनुसार अन्नपूर्ण हेलिकोप्टरका ती पाइलटले समयमा रिपोर्ट गरेका थिएनन् । 

त्यसैगरी, उडान सुरक्षा मापदण्ड उल्ल‌ंघन गर्ने थप दुई हेलिकोप्टर कम्पनीका पाइलटलाई पनि ग्राउन्डेड गरिएको छ। एयर डाइनेस्टी र फिस्टेल एयरका पाइलटले पोखरामा ‘प्याराग्लाइडिङ जोन’ भनी छुट्याएको एयरस्पेसमा हेलिकोप्टर उडाएका थिए। यी तीनैजना पाइलटले अर्को सूचना जारी नभएसम्म हेलिकोप्टर उडाउन पाउनेछैनन्।