Skip This
संग्राैलाको ‘सङ्ग्रामबहादुर सार्की’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

संग्राैलाको ‘सङ्ग्रामबहादुर सार्की’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५५:oo

साहित्यकार खगेन्द्र संग्रौलाको दलित विषयक कथाहरूको संग्रह ‘सङ्ग्रामबहादुर सार्की’ प्रकाशित भएको छ। नेपाली समाजमा विद्यमान जात व्यवस्था, दलित समुदायमाथि हुने विभेद, जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिबिम्बित गरेको लेखक संग्रौलाले जनाएका छन्।

‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारूप वा भ्रूण टिपेँ र त्यो प्रारूप वा भ्रूणलाई विस्तार गरी कथानकमा ढालेर यी कथाको रचना गरेको हुँ,’ संग्रौलाले भने, ‘विपन्न, वञ्चित र दलितहरूलाई जगाउन, हौस्याउन र मानवोचित जीवन प्राप्त गर्ने हेतुले संघर्षमा डट्न प्रेरित गर्ने ससाना जमघटमा मैले यी कथाका पात्रहरूलाई भेटेको थिएँ।’

संग्रौलाले नयाँ कथा सञ्चयनलाई आफ्नै अरू कथाहरूको विशाल चाङमुनि चेपिएर पाठक र समीक्षकका दृष्टिबाट ओझेल परेका कथाहरूको पुस्तक भनेका छन्। ‘मेरै कथाहरूको विशाल चाङमुनिको चेपबाट मैले यी कथालाई बाहिर निकालेको हुँ, यो बाहिर निकाला वास्तवमा यी कथाहरूको मुक्ति हो।’

‘सङ्ग्रामबहादुर सार्की’ कथासंग्रहमा तीन दशक अवधिमा (२०२७ देखि २०५५ सालसम्म) लेखिएका आठ फुटकर कथा संकलित छन्। संकलनबारे लेखक तथा नागरिक अधिकारकर्मी जेबी विश्वकर्माले दलित जीवनको वास्तविकतालाई अत्यन्त मार्मिक भाकामा बोलिएको टिप्पणी गरेका छन्। विश्वकर्माले भनेका छन्, ‘जातकै कारण पाइलैपिच्छे घृणा, अपमान र तिरस्कार खेप्न बाध्य पारिएका र त्यस्तो सामन्ती र अत्याचारी व्यवस्थाविरुद्ध निरन्तर विद्रोहरत दलित समुदायको प्रतिरोधलाई कथाकारले आफ्नो कथालोकमा समेटेका छन्।’

पुस्तक बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो।