१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मानहानि मुद्दामा राहुल गान्धीलाई दुई वर्ष जेल सजाय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

मानहानि अभियोगमा भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजाय सुनाइएको छ।

गान्धीलाई गुजरातको अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको उपनामलाई लिएर चुनावी र्‍यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। 

उनलाई ३० दिनका लागि जमानत दिइएको छ र उनले उक्त आदेशविरुद्ध पुनरावेदन दर्ता गराउन सक्नेछन्। उनी तत्कालै जेल जानेछैनन्। न्यायाधीशले गान्धीलाई अदालतमा उपस्थित आदेश दिएका छन्। 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा गान्धीले किन सबै चोरहरूको साझा थर ‘मोदी’ हुँदोरहेछ भन्ने प्रश्न गरेका थिए।

उक्त मुद्दा सत्तारूढ भारतीय जनता पार्टीका एकजना सांसद पुर्नेश मोदीको उजुरीका आधारमा दायर भएको थियो। उनले गान्धीको टिप्पणीले पूरै मोदी समुदायलाई अपमान गरेको बताएका थिए। 

त्यसवेला उनले फरार हिरा व्यापारी निरभ मोदी र भारतीय क्रिकेट प्रमुख ललित मोदीलाई संकेत गर्दै उक्त अभिव्यक्ति दिएका थिए। गान्धीका वकिलहरूले उचित कानुनी प्रक्रिया अवलम्बन नगरिएको आरोप लगाएको छन्। 

उनको पार्टी कंग्रेसले उक्त निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। तर, गान्धीले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया जनाएका छैनन्।