Skip This
पहिचानवादीले गरे दोस्रो चरणको आन्दोलन घोषणा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
फाइल तस्बिर
गणेश लम्साल विराटनगर
Invalid date format १२:५४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिचानवादीले गरे दोस्रो चरणको आन्दोलन घोषणा 

कोसी नामकरण विवाद

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५४:oo

पहिचान पक्षधरहरूले कोसी प्रदेश खारेजीको माग गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन्। घोषणा गरिएका कार्यक्रम जिल्ला–जिल्लामा मार्चपास गर्नेदेखि  कोसी प्रदेश लेखिएका साइनबाेर्ड र लेटरप्याड हटाउनेसम्मका छन्। 

पहिचानसहितको प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष अभियान समितिले संयुक्त रूपमा विज्ञप्ति प्रकाशित गर्दै कोसी प्रदेश खारेजीविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो।    

संयुक्त संघर्ष समितिमा पहिचानसहितको प्रदेश १ पुनः नामांकन समिति अभियानका अध्यक्ष डकेन्द्रसिंह थेगिम, किराँत याक्थुङचुम्लुङ अध्यक्ष प्रेम येक्तेन, आदिवासी जनजाति महासंघ अध्यक्ष ग्याल्जे शेर्पा, किराँत राई यायोक्खा सहअध्यक्ष ज्ञानबहादुर राईले नेतृत्व गरेका छन्। 

संघर्ष समितिले घोषणा गरेका आन्दोलनका  कार्यक्रमहरूमा १० गते ताप्लेजुङगबाट कोसी प्रदेश खारेज गर्न गाउँ–सहर मार्चपास सुरु गर्ने र पाँचथर, इलाम, झापा र सुनसरीमा क्रमशः १४ गतेसम्म उक्त अभियानलाई निरन्तरता दिइने कार्यक्रम छ। 

यस्तै १४ चैतदेखि कोसी प्रदेश खारेज गराउन जिल्ला र प्रदेश सभाहरू गर्ने, काठमाडाैंमा मोटरसाइकल जुलुससहित सभा गर्ने अनि गैरसरकारी क्षेत्रका व्यापार–व्यवसाय र कार्यालयहरूमा  लेटरप्याड र साइनबोर्डहरूमा कोसी प्रदेश नलेख्न अनुरोध गर्ने र लेखिएको भए मेट्न लगाउने योजना छ।  

यस्तै, सरकारी कार्यालयमा कालो झन्डा गाड्ने, तालाबन्दी गर्ने र कोसी प्रदेश लेखेको बोर्ड हटाउने, लेटरप्याडको प्रयोगमा रोक लगाउने र प्रयोग गरेको पाइए जलाउने, कोसी प्रदेश खारेजी माग गर्दै जुलुस र आमसभाहरू गर्ने अनि कोसी प्रदेशविरुद्ध विभिन्न साहित्यिक र सांस्कृतिक कार्यक्रमहरू गर्ने पूर्वघोषित कार्यक्रमहरूलाई निरन्तरता दिइने निर्णय पहिचानवादीको छ। 

प्रदेश १ सभाले पहिलो कार्यकालमा नामकरण टुंगो लगाउन सकेको थिएन। दोस्रो कार्यकालको पहिलो अधिवेशनमै प्रदेश सभाले १७ फागुनमा दुईतिहाइ बहुमतबाट प्रदेशको नाम कोसी प्रदेश टुंगो लगाएको थियो। 

प्रदेशमा निर्वाचित ९३ जना सांसदमध्ये ८२ जनाले कोसी प्रदेशमा मतदान गरेका थिए। चारजनाले मात्र किराँत लिम्बुवान र सगरमाथा नाममा मतदान गरेका थिए। ६ जना सांसद मतदानमा अनुपस्थित भएका थिए। 

कोसी प्रदेश नामकरण भएपछि आक्रोशित बनेका पहिचानवादीले पहिलो चरणमा    गाउँमा वडा कार्यालयहरू तालाबन्दी गर्ने, मसालजुससहित विरोध सभाहरु गर्ने, प्रदेशमा आमहडताल घोषणा गर्नेदेखि ५ चैतमा विराटनगरमा बृहत् प्रदर्शन गर्ने कार्यक्रम गरिसकेका छन्। 

प्रादेशिक राजधानी विराटनगरमा ५ चैतमा   प्रशासनले लगाएको निषेधाज्ञा तोडेर मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरेका थिए।

निषेधाज्ञा तोडने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुईजना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका थिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसहित दुई दर्जन अश्रुग्याँस प्रहार गर्नुपरेको थियो।