Skip This
राजाको पछुतो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत ९ बिहीबार o६:१५:oo
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार o६:१५:oo

कुनै एक राज्यमा एक राजा थिए । उनीसित एक बुद्धिमान् र सुन्दर सुगा थियो । सुगाको सुन्दरता र उसको मिठो बोलीले गर्दा राजा जहिल्यै ऊदेखि खुसी रहन्थे । एक दिन सुगाले राजासित आफ्ना बाबुआमा र आफन्तलाई भेट्न जंगल जाने इच्छा व्यक्त गर्‍यो । राजाले पनि उसलाई पाँच दिनको छुट्टी दिए । 

सुगा जंगलमा गयो । उसले आफ्ना आमाबुबा र आफन्तलाई भेट्यो । आफन्तसितको केही दिनको रमाइलोपछि ऊ पुनः दरबारमा फर्कियो । फर्किंदा उसले राजालाई विशेष उपहारका रूपमा अमृत फल लगिदिने विचार गर्‍यो । अमृत फल पहाडको चुचुरोमा थियो । ऊ चुचुरोमा पुग्यो र एउटा अमृत फल टिप्यो । फर्किने क्रममा रात परेकाले उसले सोही पर्वत आसपास नै विश्राम गर्ने विचार गर्‍यो ।

राति ऊ निदाएको समयमा एउटा सर्प त्यहाँ आइपुग्यो र उसले त्यो अमृत फल खान सुरु गर्‍यो । तर, उसलाई स्वाद खासै मिठो नलागेकाले त्यत्तिकै छाडेर आफ्नो बाटो लाग्यो । तर, सर्पले जुठो हालेकाले अमृत फल विषाक्त भयो । उज्यालो भएपछि सुगा दरबार पुग्यो । उसले सो अमृत फल राजालाई दियो ।

राजा फल खान तयार भएको समयमा मन्त्रीले उनलाई फल ठिक छ कि छैन, जाँच गर्न अनुरोध गरे । राजाले फलको एउटा सानो टुक्रा नजिकै रहेको कुकुरलाई खान दिए । फल खानासाथ कुकुरको मृत्यु भयो । यो देखेपछि राजाले तरबार प्रहार गरी सुगालाई दुई टुक्रा पारिदिए । राजाले त्यो फल दरबारबाट बाहिर फालिदिए । केही समयपछि त्यहाँ एउटा रुख उम्रियो र त्यसमा फल पनि लागे । राजाले कसैलाई पनि त्यो फल नखानू भनेर उर्दी गरेका थिए । 

एकपटक एक वृद्ध सोही रुखको फेदमा सुतिरहेका थिए । उनले उत्सुकतावश नजिकै झरेको एउटा फल खाए । फल खानासाथ उनी जवान भए । यो थाहा पाएपछि राजालाई आफूले कुरै नबुझी सुगाको ज्यान लिएकोमा पछुतो भयो ।