१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस वासिङ्टन
Invalid date format १८:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मस्को र किभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न सक्दैन : अमेरिका

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

संयुक्त राज्य अमेरिकाले युक्रेन युद्धमा मस्को र किभबीच चीनले निष्पक्ष मध्यस्थता गर्न नसक्ने बताएको छ। 

मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भएको वार्तामा युक्रेन युद्ध अन्त्यका निम्ति बेइजिङ मध्यस्थता गर्न तत्पर रहेको बताएपछि मध्यस्थ बन्ने चीनको लक्ष्यप्रति अमेरिकाले आलोचना गरेको हो। 

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले युक्रेन युद्धको अन्त्यका निम्ति हुने मध्यस्थतामा चीनलाई निष्पक्ष रूपमा हेर्न नसकिने बताएका छन्। उनले युक्रेनमाथि भएको रुसी आक्रमणको आलोचना नगरेर चीनले रुसबाट इन्धन आयात जारी राखेको तथा पश्चिमा मुलुकले मस्कोमाथि प्रतिबन्ध लगाए पनि बेइजिङ मौन रहेकाले चीनको निष्पक्षतामाथि प्रश्न उठ्ने तर्क गरेका हुन्। 

युक्रेन युद्ध अन्त्य गर्ने सम्बन्धमा चीनले १२बुँदे मार्गचित्र प्रस्तुत गरेको छ। मार्गचित्रमा सबै देशको क्षेत्रीय सार्वभौमसत्ताको सम्मान तथा सबै समस्याको समाधान संवादको माध्यमबाट खोजिनुपर्नेमा जोड दिइएको छ। 

वार्ताका क्रममा राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताएका थिए। विश्वका अधिकांश देशले तनाव कम गर्ने, शान्ति वार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेका जनाउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताएका थिए।

राष्ट्रपति पुटिनले वार्ताका लागि आफू तयार रहेको बताउँदै  बेइजिङले प्रस्तुत गरेको मार्गचित्रको प्रशंसा गरेका थिए।