१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ८ बुधबार १६:०२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से १५ अंकले घट्यो, सबै उपसमूहमा गिरावट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ८ बुधबार १६:०२:००

मंगलबार २२ अंकले बढेको नेप्से परिसूचक बुधबार करिब १६ अंकले गिरावट भएको छ । पछिल्लो दुई सातादेखिको उतारचढावबीच बुधबार नेप्से १५.७६ अंक घटेर एक हजार ९३३.२९ विन्दुमा झरेको हो । 

आज सेन्सेटिभ इन्डेक्स २.३२, फ्लोट इन्डेक्स १.१३ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८३ अंकले घटेको छ । बुधबार कारोबारमा आएका दुई सय ६६ कम्पनीका ३७ लाख ७७ हजार कित्ता सेयर एक अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँबराबरमा खरिदबिक्री भएको छ ।

मंगलबारको तुलनामा बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार एक अर्ब २९ करोडको सेयर कारोबार भएको थियो । बुधबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटेल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन, जलविद्युत्, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्से घटे पनि माया खोला हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बोटलर्स नेपालको सेयरमूल्य ७.६२ प्रतिशत घटेको छ ।