Skip This
सरकार विस्तारलगत्तै दशदलीय गठबन्धन भत्किन्छ : शंकर पोख्रेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format ११:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार विस्तारलगत्तै दशदलीय गठबन्धन भत्किन्छ : शंकर पोख्रेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o१:oo

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दशदलीय गठबन्धन लामो समय नटिक्ने दाबी गरेका छन् । संविधानले २० मन्त्रालय र मन्त्री २५ भन्दा धेरै बनाउन निषेध गरेको बताउँदै उनले सत्तागठबन्धनका दश दलले २६ भन्दा बढी मन्त्रालय दाबी गरेकाले सरकार गठनअघि नै विवाद हुने र सरकार विस्तारलगत्तै गठबन्धन टुट्ने जिकिर गरे । ‘एमालेले नचाहँदा–नचाहँदै दशदलीय गठबन्धन सरकार विस्तारलगत्तै ढल्ने निश्चित छ,’ उनले भने । 

मिसन ग्रासरुट तथा राष्ट्रिय युवा संघ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोख्रेलले शेरबहादुर देउवा नेतृत्वको सरकारले देशमा आर्थिक संकट निम्त्याएकाले स्थायित्व, आर्थिक वृद्धि तथा समृद्धिका लागि एमालेले पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएको उल्लेख गरे । 

हामीले ‘समृद्ध नेपाल र सुखी नेपाली’को परिकल्पना गरेर पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनायौँ, तर उहाँ (पुष्पकमल) चरम दक्षिणपन्थी र नांगाे दलालीको रूपमा उभिनुभयो,’ महासचिव पोख्रेलले भने, ‘पुष्पकमल दाहालका कारण मुलुक फेरि अस्थिरतातर्फ धकेलिने भयाे ।’ उनले दाहालकै कारण देशमा आर्थिक संकट निम्तिएको बताउँदै राजनीतिक अस्थिरता र उद्दण्डता बढेको आरोप लगाए । 

उनले शेरबहादुर देउवा प्रधानमन्त्री र माओवादीका नेता जनार्दन शर्मा अर्थमन्त्री भएका वेला देशमा आर्थिक संकट आएको ठोकुवा गरे । ‘व्यापारीले बैंकको ब्याज दोब्बर भयो भनिरहेका छन्, तर सरकार चुरो कुरोमा पुग्न सकेको छैन,’ उनले भने, ‘जनार्दन शर्माले अवैध रूपैयाँलाई वैध बनाउन खोज्दा नेपाली रुपैयाँ हराएर जाने अवस्था सिर्जना भयो । अर्थतन्त्र धराशायी बन्न पुग्यो । फलस्वरूप तरलता सिर्जना भई बैंकहरूले ब्याज बढाए । यसको असर उद्योगी, व्यापारी र व्यवसायीलाई पर्न गयो ।’ 

उनले ठूला राजनीतिक दलप्रति जनताको वितृष्णा जागेको भनाइमा सत्यता नभएको बताए । युवाको भावना बुझ्न नसक्दा अहिलेको निर्वाचनको परिणाम फरक आएको उनको भनाइ थियो ।

उनले नयाँ दललाई पानीको फोकाको संज्ञा दिए । ‘कुनै वेला विवेकशील साझा पार्टी काठमाडौंमा उदायो । अर्को चुनावमा पानीको फोकाजस्तै आफैँ बिलाएर गयो । अहिले स्वतन्त्र पार्टीको हावा चलेको छ । त्यो पनि पानीको फोकाजस्तै आफैँ बिलाएर जानेमा दुईमत छैन,’ पोख्रेलले भने । राष्ट्रिय युवा संघ नेपालको महाधिवेशन २७–२९ चैतमा नेपालगन्जमा हुने भएको छ । महाधिवेशनमा देशभरका दुई हजार पाँच सय युवा नेपालगन्जमा भेला हुने भएका छन् ।