मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
२०७९ चैत ८ बुधबार १०:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वतन्त्र सांसद पुनले रोजे माओवादी केन्द्र 

Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार १०:३५:००

लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद सुरुल पुनले माओवादी केन्द्र रोजेका छन्। उनले मंगलबार माओवादी केन्द्र संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन्। उनी रुकुम पूर्वको क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै पुन विजयी भएका हुन् । 

उनले माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएको र पुनः माओवादी केन्द्रमै फर्किएको जानकारी गराए। उनले संसदीय दलका नेता जोखबहादुर महरालाई उक्त निवेदन पेस गरेका हुन्। यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए । 

उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए। उनले गठबन्धनका उम्मेदवार कांग्रेसका अमर पुनलाई हराएका थिए। योसँगै लुम्बिनीमा माओवादी केन्द्रका सांसदको संख्या ११ पुगेको छ ।