मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ चैत ८ बुधबार १०:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड

Read Time : < 1 मिनेट
२०७९ चैत ८ बुधबार १०:३२:००

हेटौँडा सिमेन्ट उद्योग लिमिटेड १३ असोज ०३३ मा कम्पनी अधिनियम २०२१ अनुसार स्थापित भएको हो । उद्योग स्थापनाकालदेखि नै वार्षिक २६ लाख मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता छ । यो उद्योग एसियाली विकास बैंकको ऋण सहयोगमा स्थापित गरिएको थियो । यसले डिसेम्बर १९८० देखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

उद्योगले आर्थिक वर्ष ०४२/४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । हालसम्म उद्योगका सबै मेसिन तथा पार्टपुर्जा सञ्चालनमा नै छन् । यद्यपि, पुरानो प्रविधिको मेसिनरी भएका कारण क्षमताअनुसार उत्पादन हुन नसकेको कर्मचारीले बताउने गरेका छन् । यो उद्योगले हाल शक्ति ब्रान्डको ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको छ ।

कोइलाको समयमै आपूर्ति हुन नसक्नु, व्यवस्थापकीय लापरबाही र उचित बजारीकरणको अभावमा उद्योगको साख बिस्तारै खस्कन थालेको छ । चालू आर्थिक वर्ष ०७९÷८० मा उद्योग कोइला अभावमा बारम्बार बन्द हुने र खुल्ने क्रम जारी छ ।