१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
एजेन्सी मस्को
Invalid date format o९:१o:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

वार्ताबाटै युद्ध अन्त्य गर्न पुटिनलाई सीको सुझाब

Read Time : > 1 मिनेट
एजेन्सी, मस्को
नयाँ पत्रिका
Invalid date format o९:१o:oo

रुसको दुईदिने राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी जिनपिङ र उनका समकक्षी भ्लादिमिर पुटिनबीच क्रेमलिनमा भेटवार्ता भएको छ । दुई राष्ट्रपतिबीच चीन–रुस सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनुका साथै पारस्परिक सम्बन्ध अझ सुदृढ तुल्याउने सम्बन्धमा विचार आदानप्रदान भएको थियो । सो अवसरमा राष्ट्रपति सीले वार्ताका माध्यमबाट युक्रेन द्वन्द्व अन्त्य हुनुपर्नेमा जोड दिए । राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए । विश्वका अधिकांश देशले शान्तिवार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेको बताउँदै उनले वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति सीले समकक्षी पुटिनको निमन्त्रणामा रुसको राजकीय भ्रमण गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै १० वर्षअघि आफू राष्ट्रपति निर्वाचित भएपछि रुसको भ्रमण गरेको स्मरण गरेका थिए । राष्ट्रपति सीले विगत १० वर्षदेखि आफू र राष्ट्रपति पुटिन निकट सम्पर्कमा रहेको तथा चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को २०औँ राष्ट्रिय अधिवेशनबाट आफू केन्द्रीय समितिको महासचिवमा पुनः निर्वाचित भएपछि रुसी नेता पुटिनले तत्काल बधाई सन्देश पठाएकामा धन्यवाद व्यक्त गरे । 

चीन–रुस सम्बन्ध आजको अवस्थामा पुग्नुमा दुई राष्ट्रबीचको ऐतिहासिक सम्बन्धको सुदृढ आधार रहेको तर्क गर्दै चीन र रुस एकअर्काका सबैभन्दा ठूला छिमेकी एवम् रणनीतिक साझेदार भएको सीले बताए । दुवै देशले आफ्नो समग्र कूटनीति र विदेश मामिलासम्बन्धी नीतिमा आफ्नो सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको उनले बताए । राष्ट्रपति सीले दुवै देशले विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई अझ सुदृढ बनाउनुका साथै संयुक्त राष्ट्रसंंघजस्ता बहुपक्षीय मञ्चमा समन्वय र सहयोगलाई बलियो बनाउँदै विश्वशान्ति र स्थायित्वको आधार खडा गर्नुपर्नेमा जोड दिए । 

सो अवसरमा पुटिनले सीप्रति आभार व्यक्त गर्दै बितेका १० वर्षमा विकासका सबै क्षेत्रमा चीनले गरेको प्रभावशाली एवम् उत्कृष्ट उपलब्धिको सराहना गरे । राष्ट्रपति सीको सबल नेतृत्वमा त्यो सम्भव भएको र त्यसले चीनको राष्ट्रिय राजनीतिक प्रणाली र शासन प्रणालीको सामथ्र्यलाई प्रमाणित गरेको रुसी राष्ट्रपतिले बताए । 

राष्ट्रपति सीले युक्रेनको मुद्दामा शान्ति र न्यायका निम्ति आवाज उठिरहेको बताए । विश्वका अधिकांश देशले शान्तिवार्ताको पक्षमा उभिने अभिमत जाहेर गरेको उनले स्मरण गराए । 

राष्ट्रपति सीको नेतृत्वमा चीनले निर्धारण गरेका विकास र समृद्धिका लक्ष्यहरू सफलतापूर्वक हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउँदै राष्ट्रपति पुटिनले दुवै पक्षको ठोस प्रयासले हालैका वर्षमा रुस–चीन सम्बन्धले विभिन्न क्षेत्रमा फलदायी नतिजा दिएको उल्लेख गरे । उनले  द्विपक्षीय व्यावहारिक सहयोगलाई अझ सबल बनाउन, अन्तर्राष्ट्रिय मामिलामा सञ्चार र सहकार्य गर्न मस्को सधैँ प्रतिबद्ध रहेको बताए ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अपराध रोक्न चिनियाँ राष्ट्रपतिले रुसी राष्ट्रपतिलाई दबाब दिनुपर्नेमा जोड दिएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ताले राष्ट्रपति सीलाई आफ्ना रुसी समकक्षीलाई युक्रेनबाट आफ्ना सेना फिर्ता बोलाउन आग्रह गरेका छन् । प्रवक्ता जोन किर्बीले युद्धविरामको खोजी पर्याप्त नहुने पनि बताएका छन् । प्रवक्ता किर्बीले भनेका छन्, ‘राष्ट्रपति सीले राष्ट्रपति पुटिनलाई युक्रेनी सहर, अस्पताल र विद्यालयमा बमबारी बन्द गर्न, युद्ध अपराध र अत्याचार रोक्न र आफ्ना सेना फिर्ता गर्न दबाब दिनेछन् भन्नेमा अमेरिका विश्वस्त छ ।’

यसैबीच, जापानका प्रधानमन्त्री फुमियो किसिदा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग वार्ता गर्न युक्रेनको अप्रत्यासित भ्रमण गर्दै छन् । उनले रुसको युक्रेनप्रति ऐक्यबद्धता र समर्थन जनाउने अपेक्षा गरिएको छ । जापान र चीनले एकअर्कालाई क्षेत्रीय प्रतिद्वन्द्वीका रूपमा हेरे पनि युक्रेनमा रुसी आक्रमण भएदेखि टोकियोले किभलाई मानवीय, आर्थिक र गैरघातक सैन्य सहायता प्रदान गर्दै आएको छ ।