१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:३८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारमा आलोपालो गर्नेबारे संवाद सुरु : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:३८:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिनेबारे छलफल सुरु भएको बताएका छन् । मंगलबार गाेरखाकाे पालुङटार नगरपालिका– २ बिमिरेमा पन्थहिटी–कटहरे–हर्मी–साहिलिटार सडकको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले संघ सरकारलाई पूर्णता दिने र प्रदेश सरकारमा आलोपालो गर्नेबारे संवाद सुरु भएको बताए ।

‘सरकारले विश्वासको मत पाएसँगै राजनीतिक वातावरण बनेको छ र लय पक्रेको छ । संसद्मा भएका ११ पार्टीले विश्वासको मत दिएपछि सरकारलाई पूर्णता दिने प्रयत्नमा छौँ । मंगलबार बिहानदेखि वार्ता र संवाद सुरु भएको बताए । सरकार गठन र पुनर्गठन गर्नेबारे छलफल भइरहेको छ । प्रदेश सरकारलाई आलोपालो प्रणालीबाट पूर्णता दिने विषयमा छलफल चल्दै छ ।’