Skip This
निर्वाचन प्रणाली सुधारका लागि सशक्त कानुन आवश्यक : निर्वाचन आयुक्त 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन प्रणाली सुधारका लागि सशक्त कानुन आवश्यक : निर्वाचन आयुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

निर्वाचन आयुक्त डा.जानकीकुमारी तुलाधरले निर्वाचन आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधारको प्रक्रियामा रहेको बताएकी छिन्।

मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आयोग निर्वाचन प्रणालीको सम्पूर्ण सुधार गर्नका लागि काम गरिरहेको बताएकी हुन्।

उनले निर्वाचनका लागि अझै परिष्कृत तरिकाले अघि बढ्न आयोगले आफ्ना काम गरिरहेको स्पष्ट पारिन्। उनले निर्वाचन प्रणालीको सुधारका लागि सशक्त कानुन बनाउन आवश्यक रहेको बताइन्। 

साइबर अपराधको नियमन र नियन्त्रण गर्न र डिजिटल माध्यमबाट हुन सक्ने सम्भावित हस्तक्षेप रोक्न कानुन र प्रविधिको अभाव रहेको बताइन्। 

उनले अनुगमन संयन्त्र पर्याप्त नहुँदा पनि धेरै समस्या भोग्नुपरेको उल्लेख गर्दै उनले द्वेषपूर्ण अभिव्यक्ति निर्वाचनको समयमा मात्रै नभई अन्य समयमा पनि भइरहने भएकाले त्यसको नियमन हुन आवश्यक रहेको बताइन्।