मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सीता खत्रीको नाममा रहेको लु५०प ९२०२ नम्बरको स्कुटर
२०७९ चैत ७ मंगलबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीबाट स्कुटर चोरेर बुटवल पुर्‍याउने दुई युवा पक्राउ

Read Time : < 1 मिनेट
२०७९ चैत ७ मंगलबार १०:०८:००

स्कुटर चोरी गर्ने दुईजनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ । इस्मा गाउँपालिका- १ घर भई रेसुंगा नगरपालिका- २ मा बसोवास गर्ने सीता खत्रीको नाममा रहेको लु.५०प ९२०२ नम्बरको स्कुटर चोरी गर्ने मदाने गाउँपालिका- ६ का १८ वर्षीय हरि नेपाली र रेसुंगा नगरपालिका– ८ का २१ वर्षीय विजय नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले गत बिहीबार रेसुंगा नपरपालिका- २ को धागिथुममा घरअगाडि रोकिराखेको स्कुटर चोरेर बुटवल पुर्‍याएका थिए । पीडितको जाहेरीका आधारमा खोज्दै जाँदा बुटवल बसपार्कबाट स्कुटरसहित उनीहरूलाई पक्राउ गरेर मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।