Skip This
तनहुँ-१ र बारा-२ को उपनिर्वाचन १० वैशाखमै हुने  
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार १७:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँ-१ र बारा-२ को उपनिर्वाचन १० वैशाखमै हुने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १७:१४:oo

निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र–१ र बारा-२ मा पनि १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको छ। 

तनहुँ १ बाट निर्वाचित सांसद रामचन्द्र पौडल (२५ फागुनमा) राष्ट्रपति र बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव (३ चैतमा) उपराष्ट्रपतिमा निर्वाचित भएका छन्।

राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा सो पद स्वतः रिक्त हुने संवैधानिक व्यवस्थाअनुसार ती क्षेत्रमा आगोगले उपनिर्वाचन गर्ने निर्णय गरेको हो। 

आयोगको सोमबार बसेको बैठकले रिक्त भएको दुवै क्षेत्रमा १० वैशाखमै उपचुनाव गर्ने निर्णय गरेको हो। आयोगका अनुसार तनहुँ-१ र बारा-२ को उपचुनावका लागि ८ देखि चैत १२ गतेसम्म दल दर्ताको समय दिइनेछ।

यस्तै, १६ चैतमा मतदाता नामावली प्रकाशन हुनेछ भने २० गते उम्मेदवारी दर्ता हुनेछ। दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। १० वैशाखमा हुने चितवन–२ उपचुनावकाे कार्यतालिका आयाेगले यसअघि नै सार्वजनिक गरिसकेकाे छ।