Skip This
संसदीय प्रणालीलाई चलाउनै नसक्ने भयौँ  : केसी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार १६:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय प्रणालीलाई चलाउनै नसक्ने भयौँ  : केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १६:५२:oo

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार बनाउने र भत्काउने खेलले देशको समृद्धि हुन नसक्ने बताएका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदीय प्रणालीलाई स्वीकार गर्दै जाँदा अहिले यही प्रणाली चलाउन नै नसक्ने भएको बताए।

उनले सरकार संसद्को ठूलो पार्टी र ठूलो पार्टीले नसके दोस्रो ठूलो पार्टीले सरकार बनाउनुपर्नेमा तेस्रो पार्टीलाई बोकेर हिँड्नु शर्मनाक रहेको बताए। सरकार बनाउने र गिराउने खेती भइरहेको भन्दै लोकतन्त्र र गणतन्त्र जोगिन नसक्ने स्पष्ट पारे। 

उनले भने, ‘दुई महिनाअघि सबैले विश्वासको मत दिने हुटहुटी थियो । आज फेरि यस्तै छ । यसमा हामीलाई जनताले के भन्ने हुन् ? अचम्म लागेको छ । हाम्रो निर्वाचन प्रणालीले कसैको पनि बहुमत आउने स्थिति देखिँदैन । सरकार भत्काउने, बनाउने देखिएको छ । अब पनि यही हो । संसदीय प्रणालीलाई स्वीकार गरेका छौँ, तर चलाउनै नसक्ने भयौँ । संसदभित्र भएको ठूलो पार्टीले सरकार बनाउनुपर्ने हो कि होइन, पहिलोले नसकेपछि दोस्रो पार्टीले बनाउने होइन, तर तेस्रो पार्टीलाई समात्दै हिँड्ने ? जनतालाई के भन्नुहुन्छ ? हाम्रो लडाइँ यसपछि यो यसपछि यसको सरकार बनाउने र गिराउने भन्ने खेती भएको छ । यसबाट लोकतन्त्र र गणतन्त्र जोगिन्छ ? जनतालाई आश्वासन दिलाउन सक्नुहुन्छ ? प्रधानमन्त्री पुरानै गठबन्धनमा फर्किएकाले राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ ।’