Skip This
‘याे गठबन्धन पाँच वर्ष टिकेर देशलाई विकास र समृद्धितर्फ लैजान्छ’
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ६ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ६ सोमबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘याे गठबन्धन पाँच वर्ष टिकेर देशलाई विकास र समृद्धितर्फ लैजान्छ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ६ सोमबार १६:o६:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्तागठबन्धन पाँच वर्ष नै टिक्ने दाबी गरेका छन्। 

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले अहिलेको गबठन्धन आगामी पाँच वर्ष नै टिकेर देश विकास गर्ने र देशलाई समृद्धितर्फ अग्रसर बनाउने बताए। वैशाखमा विश्वासको मत फेरि लिनुपर्ने होइन भन्ने प्रश्न उठिरहेको भन्दै त्यो प्रश्न गर्नु अस्वाभविक नरहेको बताए। 

उनले भने, ‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन भन्ने कुरा उठेको छ । यो आशंका गर्नु अस्वाभाविक होइन, तर त्यो अवस्था आउँदैन । यो गठबन्धन पाँच वर्ष नै टिक्छ, राज्यका सबै समस्याको समाधान गरेर अघि बढ्छ । यो गठबन्धन एकताबद्ध भएर अघि बढ्छ। यस कुरामा विश्वस्त हुन सबैलाई आह्वान गर्न चाहन्छु । संख्याले मात्रै हुँदैन, म आफैँ पनि त्यस्तो मान्छे हुँ, २१ महिनासम्म २२ वटा पार्टीलाई साथमा लिएर कुनै पनि किसिमको समस्याविना अन्तिम विन्दुसम्म लैजाने काम गरेको छु । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरूसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ।’

अध्यक्ष नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको विकल्प भएकाले तत्काल काम सुरु गर्न सरकारसँग आग्रह गरे।