१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोहोरो अंकले बढ्याे नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४२:oo

सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंक्ले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २२.६५ अंकले उकालो लागेर १९४९.०६ मा पुगेको छ।

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९७ अंक्ले उकालो लागेर ३६६.२३ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ।

कुल ५२ लाख ५५ हजार ८६ कित्ता सेयर रु. एक अर्ब २९ करोड ८५ लाख ८३ हजार नौ सय ८८ मूल्यमा खरिद–बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ। सो कम्पनीको रु. सात करोड ६३ लाख ९२ हजार चार सय ४२ बराबरको कारोबार भयो।

साथै एनआइसी एसियाको रु. ६ करोड १९ लाख ९५ हजार नौ सय २२, सिटिजन बैंकको संस्थापक सेयर रु. पाँच करोड ८५ लाख २७ हजार एक सय, शिवम् सिमेन्ट रु. चार करोड १३ लाख ७७ हजार पाँच सय दुई र हिमालयन डिस्टिलरी रु. तीन करोड ४२ लाख ६२ हजार आठ सय २० बराबरको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा युनिक नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। न्यादी हाइड्रोपावर ७.७३,नयाँ सारथी लघुवित्त ६.१८, मानुषी लघुवित्त ५.६७ र विन्दवासिनी हाइड्रोपावरको सेयर मूल्य ४.७७ प्रतिशतले बढेको छ।

साथै सपोर्ट माइक्रोफाइनान्स ५‍.३६, स्वाभिमान लघुवित्त ४.७२, सानिमा ग्रोथ स्किम ४.४५, विन नेपाल लघुवित्त ४.८ र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्य ३.८५ प्रतिशतले घटेको छ।