मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १५:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फेरि संसद् विघटनको संकेत आएपछि परिस्थिति फरक भयो : सांसद पाैडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १५:२७:००

माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले फेरि संसद् विघटनको संकेत आएपछि अहिलेको परिस्थिति निर्माण भएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

संसद् विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने खालका अभिव्यक्ति एमालेबाट आएपछि परिस्थिति फेरिएको पौडेलले प्रस्ट पारे ।

‘विगतमा दुई–दुईपटक यो सम्मानित सदन विघटन भयो । कसका कारणले विघटन भयो ? कहाँ लेखिएको छ, कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ? त्यही कुरा सर्वोच्च अदालतले करेक्सन गर्‍याे । सच्याइदियो गल्ती भयो भनेर । अनि साथीहरू, माननीयज्यूहरू यहाँ आएर भन्नुहुन्छ– मैले त बहादुरी गरेँ । मैले राम्रो गरेँ । त्यसमा लाहाछाप लगाउन, त्यही कुरालाई सदर गर्नका लागि यो प्रतिनिधिसभा निर्वाचनबाट आएको हो र ?’ पौडेलले प्रश्न गरे ।

सांसद पौडेलले एमाले राष्ट्रिय सहमतिबाट भागेकोसमेत बताए । राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतिमै अघि बढाउने बाटो रोक्न खोजेको उनको आरोप छ ।