
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुईपटक विश्वासको मत लिएको भन्दै व्यंग्य गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । रोस्ट्रममा उक्लिएपछि सुरुमै लिङ्देनले भने, ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ । दुई महिनामा दुई–दुईपटक विश्वासको मत लिने मौका प्राप्त गर्नुभएको छ । वैशाख १०–२० तिर फेरि यस्तै दिन नआओस् । म कामना गर्न चाहन्छु।’