Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ६ सोमबार १६:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनकुटा क्याम्पस सभापतिमा अनेरास्ववियुका सन्तोष बुढाथोकी

Read Time : < 1 मिनेट
२०७९ चैत ६ सोमबार १६:४९:००

धनकुटा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सर्वसम्मत चयन पदाधिकारी तथा सदस्यहरूले शपथग्रहणसँगै पदभार ग्रहण गरेका छन् ।

क्याम्पसमा आयोजित कार्यक्रममा नवनियुक्त कार्यसमितिलाई बधाई तथा शुभकामना दिइएको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले जानकारी दिए । क्याम्पसमा पाँच विद्यार्थी संगठनको सहमतिमा स्ववियु कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । 

सभापतिमा अनेरास्ववियुका सन्तोष बुढाथोकी, उपसभापति र सचिवमा क्रमशः नेविसंघका सुवास भण्डारी र सुवास खनाल, सहसचिवमा अखिल (क्रान्तिकारी)का किशोरकुमार रायमाझी र कोषाध्यक्षमा अनेरास्ववियुका युवा तिम्सिना चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा अनेरास्ववियुबाट प्रवीण खनाल, टेकेन्द्र सापकोटा, नवीन पौडेल, भूमिराज राई, सुजन सुवेदी, मुना चापागाईं र कविता विश्वकर्मा छन् । नेविसंघबाट मेलिना राई, अनिश भट्टराई तथा अखिल (क्रान्तिकारी)बाट विपिनराज थापा र निरुता थापामगर छन् । यसैगरी, नेकपा एसनिकट अनेरास्ववियूबाट मनोज तामाङ र नानुका ठकुरी तथा समाजवादी विद्यार्थी युनियनबाट निशा राई सदस्य रहेका छन् ।

जिल्लाका अन्य ६ वटा क्याम्पसमा पनि सर्वसम्मत नेतृत्व चयन भइसकेका छन् । धनकुटा बहुमुखी क्याम्पससहित हिले क्याम्पस र जालपादेवी क्याम्पस पाख्रिबासमा अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पसमा नेविसंघको नेतृत्वमा र भाषा क्याम्पसमा अखिल (क्रान्तिकारी)को नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका छन् ।

धनकुटाकै गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन ।