
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सोमबार बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।
वर्तमान सरकारप्रति मुलुकको स्थिरता, विकास र समृद्धिका लागि कुनै पनि विश्वास र भरोसा नभएकाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरिएको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले बताए ।
प्रधानमन्त्रीले आज बस्ने प्रतिनिधिसभाको बैठकबाट विश्वासको मत लिने कार्यसूची छ ।