मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार ११:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल रेमिटबाट आएको पैसा रावा बैंकबाट पाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार ११:५०:००

नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रेमिट्यान्स बैंकिङ च्यानलमार्फत भुक्तानी गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरूबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यालयमार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्ने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै नेपाल रेमिटले अब देशभर १२ हजारभन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्ने भएको जनाइएको छ । 

बैंकले देशभरि दुई सय ६५ शाखा कार्यालय र ४६ एक्सटेन्सन काउन्टरमार्फत यो सेवा उपलब्ध गराउने उल्लेख छ । त्यस्तै, नेपाल रेमिट इन्टरनेसनल विगत १७ वर्षदेखि रेमिट्यान्सको क्षेत्रमा काम गर्दै आएको जनाइएको छ । विशेष गरी डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिएको र विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाहरूबाट ग्राहकका खातामा रियल टाइम बैंक डिपोजिट सेवालाई प्रभावकारी रूपमा प्रदान गर्दै आएको नेपाल रेमिटले जनाएको छ ।