१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार ११:१७:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मौसमी फ्लुबाट बच्न के गर्ने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार ११:१७:oo

मौसम परिवर्तनको समय विभिन्न रोग देखिने गर्छन् । विशेषगरी, यस समय मौसमी फ्लु वा इन्फ्लुएन्जाले धेरैलाई सताउने गरेको छ । फ्लुले मानिसको श्वासनलीलाई संक्रमित गर्छ । जसकारण ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने, छाती दुख्ने, जिउ दुख्नेलगायत समस्या देखिन्छन् ।

मौसमी फ्लु कसरी सर्छ ? 
मौसमी फ्लु एक व्यक्तिबाट अर्काेमा सर्ने रोग हो । मुख्यतः श्वासप्रश्वासका माध्यम, संक्रमित व्यक्तिको थुकको छिटाबाट सर्ने गर्छ । यसबाट बच्न कोभिड–१९ को जस्तै स्वास्थ्यको मापदण्ड अपाउनुपर्छ । मास्क अनिवार्य लगाउनुपर्छ । हातको बाउलाले छोपेर हाछ्ँयु गर्नुपर्छ । 

मुख्य लक्षण 

  • अचानक ज्वरो आउने, टाउको दुख्ने, निरन्तर खोकी लाग्ने, छाती दुख्ने, ज्यान दुख्ने आदि । 
  • बालबालिकमा खोकी, घाँटी दुख्ने, घाँटी खसखस हुने, ज्वरो आउने, नाकबाट पानी बग्ने र आफैँ बन्द हुनेलगायत सामान्य लक्षणसँगै बान्ता हुने र पखाला लाग्ने पनि गर्छ । 
  • कतिपयलाई चिसो महसुस हुने गर्छ । मांशपेसी दुख्छ र अत्यधिक थकान महसुस हुन्छ । 
  • सामान्यतः मौसमी फ्लु एक हप्तामा निको हुनुपर्छ । कतिपयमा १० दिन पनि लाग्छ । यस अवधिमा निरन्तर उच्च ज्वरो आए तत्कालै अस्पताल जानुपर्छ । त्यस्तै, १० दिनभित्र निको भएन भने पनि चिकित्सकसँग परामर्श गर्नुपर्छ । 

सतर्कताका उपाय 

  • फ्लुको जोखिम कम गर्न खोप लगाउँदा पनि हुन्छ । विशेषगरी, जोखिम समूहका व्यक्तिले खोप लगाउनु राम्रो हुन्छ । खोप बजारमा सहजै उपलब्ध हुन्छ ।
  • यसपटक पहिलेभन्दा मौसमी फ्लु अलि कडा देखिएको छ । संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या बढ्दै छ । मार्च महिनाभरि यो बढ्दै जानेछ । प्रायः मौसमी फ्लु लागेपछि कम्तीमा सातदेखि १० दिनभित्र बिरामी ठीक हुने गर्छन् । तर, यसपटक कतिपयमा तीन हप्तासम्म पनि संक्रमण कायमै रहेको देखिन्छ । कतिपयले बिरामी हुनासाथ आफैँ औषधि किनेर खाने गरेका छन् । तर, चिकित्सकसँग परामर्श नगरी जथाभावी औषधि प्रयोग गर्नुहुँदैन । यसले अन्य साइडइफेक्ट निम्त्याउन सक्छ । 
  • मौसमी फ्लुलाई सामान्य रूपमा लिनुहुँदैन । यसले अन्य समस्या निम्त्याउन सक्छ । कतिपयलाई निमोनिया पनि हुन सक्छ । त्यस्तै, शरीरका विभिन्न अंगमा समस्या सिर्जना भएर जटिल समस्या देखिन सक्छ । विशेषगरी, वृद्धवृद्धा, बालबालिका, मिर्गौलाको डायलाइसिस गराइरहेका व्यक्ति, क्यान्सर रोगी, दमका बिरामीलगायत दीर्घरोगीहरूमा फ्लुको असर धेरै देखिने गरेको छ । किनकि, उनीहरूको रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । त्यसैले उनीहरूलाई रोग सर्न नदिनका लागि अन्य व्यक्ति पनि सजग रहनुपर्छ । ज्वरो आउने, टाउको दुख्नेलगायत समस्या देखिएपछि बालबालिका र वृद्धवृद्धाको नजिक जानुहुँदैन । बालबालिकालाई भीडभाडमा लैजान हुँदैन । फ्लुको कुनै लक्षण देखिएमा उनीहरूलाई स्कुल पठाउनुहुँदैन । निरन्तर हात धुने, मास्क लगाउने गर्नुपर्छ । प्रदूषित क्षेत्रमा जानुहुँदैन । 
  • संक्रमणले कमजोर बनाउने हुँदा रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउन झोलिलो खानेकुरा खानुपर्छ । पानी प्रशस्तै पिउनुपर्छ । भिटामिन सीयुक्त फलफूल तथा तरकारी, दाल, हरियो सागपात, जुस, अदुवा, गेडागुडीलगायत खानुपर्छ । कुनै समस्या देखिए चिकित्सकसँग परामर्श गर्नुपर्छ ।
ad
ad