१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोसी प्रदेशको नाम संशोधनबारे छलफल पनि हुँदैन : मुख्यमन्त्री कार्की

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामका विषयमा अब कुनै छलफल नहुने बताएका छन्। प्रदेशको नामकरणले पहिचान नसमेटेको भन्दै प्रदेशभर आन्दोलन भइरहेका वेला मुख्यमन्त्रीको यस्तो टिप्पणी आएको हो।

नयाँ योजना शिलान्यास र सम्पन्न भएका आयोजना हस्तान्तरण तथा उद्घाटनका लागि ओखलढुंगा आएका मुख्यमन्त्री कार्कीले रुम्जाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोसी नाम सर्वस्वीकार्य भएकाले तत्काल परिवर्तन नहुने प्रस्ट पारे।

लामो समय नामविहीन प्रदेशमा आफू मुख्मन्त्री भएपछि ९० प्रतिशत सांसदको बहुमतले ‘कोसी’ नाम पारित गराएको बताउँदै उनले नाम संशोधनका विषयमा छलफलसमेत नहुने दोहोर्‍याए। नामको विषय छाडेर प्रदेशको समृद्धिमा लाग्न उनले आग्रह गरे।

‘कोसी सबैको सभ्यता र पहिचानसँग मात्रै होइन, मानव जीवनसँग पनि जोडिएको नाम हो। ९० प्रतिशतभन्दा बढी सांसदले पारित गरिसकेको यो नाम अब परिवर्तन होइन, नामकै विषयमा छलफलसमेत हुँदैन,’ मुख्यमन्त्रीले भने, ‘हिजो नाम भएन भन्नेहरू आज नाम मन परेन भनेर आन्दोलन गर्दै छन्। यस्तो बाटोमा हिँडेर गन्तव्यमा पुगिन्न। बरु प्रदेश कसरी समृद्ध बन्छ त्यो सुझाव दिनुस्।’

प्रदेशको नाम संशोधन गर्न आन्दोलन गर्नेहरूले जिताएर पठाएकै सांसदहरूले कोसी नामकरण गरेको भन्दै मुख्यमन्त्री कार्कीले सांसदको प्रस्तावमा राखिएको नामका विषयमा सरकारविरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको जिकिर गरे।