१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १५:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनावग्रस्त विराटनगर : निषेधाज्ञा तोड्दै प्रदर्शन, प्रहरीद्वारा हवाई फायर 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १५:१४:oo

कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन्। 

निषेधाज्ञा तोड्दै प्रदर्शन भएपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रदर्शकारीमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार  र हवाई फायर गरेको छ।

प्रदर्शनकारी प्रहरीसँग भिड्दै मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न त्यसतर्फ अगाडि बढेका छन्। कोसी नामकरणको विरोधमा पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकासँगै प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि लागू हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।