Skip This
सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

नेकपा एकीकृत समाजवादीले सत्तापक्षमा बस्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।

आज पार्टी कार्यालय मीनभवनमा आइतबार बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने विषयमा भने परामर्श जारी राख्ने निर्णय गरेको छ।

साथै बैठकले घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिएको छ। यस्तै, महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाइएको प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ पत्रिकालाई जानकारी दिए। 

बैठकले पार्टीका चारजना केन्द्रीय उपाध्यक्षहरू घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथप्रसाद साह र केशवलाल श्रेष्ठलाई सचिवालय सदस्यमा मनोनीत गरेको छ। 

यससँगै सचिवालय सदस्यको संख्या १९ पुगेको छ। घनश्याम यसअघि सचिवालय सदस्य थिए।