१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:४२:oo

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ चयन भएका छन् । चितवनमा शुक्रबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । 

एसोसिएसनको उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार गिरी र कोषाध्यक्षमा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा चयन भएका छन् ।

त्यस्तै, सदस्यहरूमा साइन रेसुंगा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एक्सल डेभलपमेन्ट बैंक प्रमुख कार्यकारी अधिकृत डा. इन्द्र कट्टेल चयन भएका छन् । 
 

ad
ad