
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक एकपक्षीय रहेको बताएका छन्। पार्टीको संसदीय दलको बैठकपछि उनले यस्तो बताएका हुन्।
विधेयक विद्रोही पक्षको लागि मात्रै भएको आरोप लगाउँदै उनले विधेयकको छलफलमा पार्टीले फरक मत राख्ने स्पष्ट पारे । द्वन्द्वको अर्को पक्षको बारेमा सम्बोधन नभएकाले राप्रपाले यो विधेयकमा संसदमा आफ्नो धारणा राख्ने बताए।
‘राष्ट्रिय प्रजातन्त्र पार्टीले सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमा फरक मत राख्नेछ। यो विधेयक एकपक्षीय छ। खासगरी विद्रोही पक्षको लागि मात्रै छ। द्वन्द्वको अर्को पक्ष र तेस्रो पक्ष आमपीडितको पक्षमा सम्बोधन छैन,’ अध्यक्ष लिङ्देनले भने।