Skip This
चैत अन्तिम साता टीकापुर साहित्य महोत्सव हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३o:oo
Read Time : > 1 मिनेट
साहित्य डिजिटल संस्करण

चैत अन्तिम साता टीकापुर साहित्य महोत्सव हुने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३o:oo

कैलालीको टीकापुरमा चैत अन्तिम साता टीकापुर साहित्य महोत्सव आयोजना हुने भएको छ । 

सुदूरपश्चिम प्रदेशको साहित्य, कला, संस्कृति, इतिहास, पुरातात्विक सम्पदा, प्रकृति, पर्यटन तथा सामाजिक विकासका सम्भावना उजागर गर्न २५ देखि २७ चैतसम्म महोत्सव आयोजना गर्न लागिएको टीकापुर साहित्य समाजका अध्यक्ष एवं महोत्सव संयोजक महेशविक्रम शाहले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिए ।

उनका अनुसार तीनदिने महोत्सवमा साहित्य, कला, संस्कृति, राजनीति, शिक्षा, पर्यटन, विकास निर्माण, दर्शन, इतिहास, पत्रकारिता र सामाजिक क्षेका ७५ वक्ताबीच २१ सत्र हुनेछन् । महोत्सवको पहिलो दिन लेखक सिकेलालबाट साहित्यमार्फत सामाजिक सद्भाव शीर्षकमाथि विद्धत्व प्रवचन हुनेछ । 

त्यसबाहेक राजनीतिले सामाजिक सद्भाव तोड्छ कि जोड्छ ? टीकापुर सहर, बौरिने रहर, त्यो टीकापुर, यो टीकापुर र भोलिको टीकापुर, सुदूरपश्चिम विकासमा सधैँ किन पछाडि ? लगायत सत्र रहनेछन् । ‘टीकापुर योजनाबद्ध रूपमा विकास भएको सहर हो । तर, ०७२ मा भएको घटनाले टीकापुरको वातावरण धुमिल भएको छ,’अध्यक्ष शाहले भने, ‘साहित्यक महोत्सवमार्फत सामाजिक सदभाव जगेर्ना गरी  टीकापुरको परिचय पुनर्स्थापित गर्न चाहन्छौँ ।’

महोत्सवको पहिलो साँझ काव्यसन्ध्या, दोस्रो दिनको साँझ गजलसन्ध्या र तेस्रो दिनको साँझ संगीतसन्ध्या पनि आयोजना हुने शाहले जनाए । महोत्सवका लागि मुलुकभर एक सय ५० अतिथिलाई आमन्त्रण गरिएको छ ।

महोत्सवमा साहित्य समाजले सम्मान तथा पुरस्कारबाट अर्पण गर्ने भएको छ । गत २४ माघमा मात्र स्थापना भएको समाजले तीनवटा पुरस्कार घोषणा गरेको छ । टीकापुरको परिकल्पनाकार स्वः खड्गबहादुर सिंहको सम्झनामा एक लाख राशिको खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार हरेक वर्ष प्रदान गरिने भएको छ । 

त्यस्तै, हरेक वर्ष देशभरबाट उत्कृष्ट हुने एउटा कृतिलाई ५० हजार राशिको टीकापुर साहित्य समाज श्रेष्ठ कृति पुरस्कार अर्पण गरिने भएको छ भने सुदूरपश्चिमका प्रतिभालाई ५० हजार राशिको टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार दिइने भएको छ ।

टीकापुरका विद्यालय तथा महाविद्यालयमा अध्ययनरत विद्यार्थीलाई २५ हजारको टीकापुर साहित्य समाज जेहेनदार विद्यार्थी पुरस्कार पनि दिइने भएको छ ।