Skip This
पेचिलो बन्दै स्ववियु निर्वाचन, विराटनगरका दुई क्याम्पसमा तालाबन्दी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पेचिलो बन्दै स्ववियु निर्वाचन, विराटनगरका दुई क्याम्पसमा तालाबन्दी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:२८:oo

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको अन्तिम समयमा विराटनगरका दुई क्याम्पसमा निर्वाचन पेचिलो हुने भएको छ। दुई विद्यार्थी संगठनले दुई क्याम्पसमा तालाबन्दी गरेपछि आइतबार हुने निर्वाचन पेचिलो हुने देखिएको हो।

मतदाता नामावलीको विषयलाई लिएर अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा र अधिकारमा हस्तक्षेप गरेको भन्दै नेविसंघले नर्सिङ क्याम्पसमा तालाबन्दी गरेको छ। दुवै संगठनले क्याम्पस प्रशासनले निर्वाचनमा एकपक्षीय भएर चलखेल गरेको आरोप लगाएका छन्।

मोरङ क्याम्पसमा तालाबन्दी गर्ने अनेरास्ववियुले प्रशासनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै नेविसंघका उम्मेदवारलाई भोट मागेको आरोप लगाएको छ। नर्सिङ क्याम्पसमा भने विद्यार्थीलाई संगठन छान्ने स्वतन्त्र अधिकारबाट वञ्चित गराएको नेविसंघको आरोप छ।

अनेरास्ववियुका मोरङ अध्यक्ष तुलसी घिमिरेले प्रशासनले ट्रान्सफर भएर अन्य क्याम्पसमा गइसकेका विद्यार्थीको पनि मतदाता नामावलीमा नाम समावेश गरेको र नेविसंको पक्षमा मत मागेकाले तालाबन्दी गर्न बाध्य भएको बताए। यता, नेविसंघ मोरङका अध्यक्ष सरोज पोखरेल नर्सिङ क्याम्पसमा प्रशासनले विद्यार्थीलाई संगठन रोज्न पाउने अधिकारबाट वञ्चित गर्न खोजेको जिकिर गर्छन्।

तर, दुवै संगठनले निर्वाचनमा आफ्नो पकड बलियो बनाउन तालाबन्दी गरेको आरोप छ। नेविसंघले नर्सिङ क्याम्पसमा लगाएको ताला खुलाउन काउन्टरका लागि मोरङ क्याम्पसमा तालाबन्दी गरेको बताइन्छ। 

कोसी प्रदेशकै ठूलो क्याम्पस महेन्द्र मोरङमा निर्वाचनको सबै तयारी पूरा भइसकेको छ। यहाँ कांग्रेसनिकट नेविसंघ, एमालेनिकट अनेरास्ववियु र माओवादीनिकट अखिल क्रान्तिकारीसहित १० विद्यार्थी संगठन चुनावी प्रतिस्पर्धामा छन्। नेविसंघ र अनेरास्ववियु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा छन् भने अखिल क्रान्तिकारीले जसपानिकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ।