Skip This
खाद्य व्यवस्था कम्पनी जनकपुरले लक्ष्यअनुसारको धान खरिद गर्न सकेन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o८:२४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खाद्य व्यवस्था कम्पनी जनकपुरले लक्ष्यअनुसारको धान खरिद गर्न सकेन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o८:२४:oo

सुरुमा किसानको धान खरिद गर्न आनाकानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरले लक्ष्यअनुसार धान खरिद गर्न सकेको छैन । नेपाल सरकारले सो कार्यालयलाई यस वर्ष १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएकोमा हालसम्म नौ सय ६४ क्विन्टल धान मात्र खरिद गरेको हो ।

यस वर्ष अहिलेसम्म ३० लाख १६ हजार एक सय ७४ मूल्यबराबरको धान मात्रै खरिद गर्न सकेको कम्पनीले जनाएको छ । सरकारले यस वर्ष सोना मन्सुली धान प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैयाँ मूल्य तोकेको छ । यस वर्ष धान खरिद प्रक्रिया नै झन्झटिलो भएकाले लक्ष्यअनुसार खरिद गर्न नसकिएको कम्पनीले जनाएको छ । 

कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहको संयोजकत्वमा गठित समितिले धान खरिद गर्दा किसानहरूले जग्गाधनीको लालपुर्जा र बैंकमा खाता खोलेको हुनुपर्ने नियम अनिवार्य लागू गरेपछि किसानहरूले झन्झटिलो प्रक्रियाका कारण खाद्य व्यवस्थालाई धान नबेची निजी गल्ला व्यापारीलाई धान बेचेकाले यसपालि लक्ष्य प्राप्ति हुन नसकेको सूचना अधिकारी रामपुकार मण्डलले बताए । 

तर, सुरुवाती अवस्थामा कम्पनीले गत वर्ष खरिद गरिएको धान अझै गोदाममै रहेको भन्दै किसानको धान खरिद गरिरहेको थिएन । कम्पनीले धान खरिद नगरेपछि यस क्षेत्रका किसानले बाध्य भएर कम मूल्यमा गल्ला व्यापारीलाई बेच्न बाध्य भएका थिए । 

अघिल्लो आर्थिक वर्षमा १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा १६ हजार ६ सय ६८ क्विन्टल धान खरिद भएको थियो । स्थानीय गल्ला व्यापारीले किसानसँग उद्यारोमा धान खरिद गर्ने, तर खाद्य व्यवस्था कम्पनीलाई बेच्दा नगदमा बिक्री हुने गरेको भए पनि यस वर्षको झन्झटिलो प्रक्रियाका कारण पनि अधिकांश किसान मारमा परेका छन् ।