१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ चैत ४ शनिबार ०६:२२:००
Read Time : > 4 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रमुख पदहरूमा शक्ति सन्तुलन

Read Time : > 4 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ चैत ४ शनिबार ०६:२२:००

सत्ता–राजनीतिमा देखिएका उतार–चढावबीच राजनीतिक दलहरूको शक्ति सन्तुलनसहित प्रमुख संवैधानिक पदहरू चयन भएका छन् । शुक्रबार उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय यादव निर्वाचित भएसँगै प्रमुख पदहरूमा राजनीतिक सन्तुलन देखिएको छ । 

गत ४ मंसिरको निर्वाचनपछि चयन भएका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखमा फरक–फरक राजनीतिक दलहरूको प्रतिनिधित्व भएको छ । संसद्मा पहिलो ठूलो शक्ति कांग्रेसले राष्ट्रपति, दोस्रो ठूलो दल एमालेले सभामुख, तेस्रो दल माओवादीले प्रधानमन्त्री, चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख र छैटौँ ठूलो दल जसपाले उपराष्ट्रपति पाएका छन् । एमालेबाट निर्वाचित राष्ट्रिय सभा अध्यक्षको कार्यकाल अझै एक वर्ष बाँकी छ । राष्ट्रिय सभा उपाध्यक्ष माओवादीले पाएको छ । 

जनता समाजवादी पार्टी संसदीय दलका नेता यादव गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न निर्वाचनमा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झालाई भारी मतान्तरले पराजित गर्दै बारा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं सत्तागठबन्धनका साझा उम्मेदवार यादव उपराष्ट्रपति चुनिएका हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयले शुक्रबार साँझ सार्वजनिक गरेको मतपरिणाममा यादवले ३० हजार तीन सय २८ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी एमालेकी शाक्यले १६ हजार तीन सय २८ र झाले दुई हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् । उम्मेदवारी निष्क्रिय गरेकी जसपाकै प्रमिला कुमारीले ४८ मत प्राप्त गरिन् । 

निर्वाचनमा संघतर्फ तीन सय ११ र प्रदेशतर्फ पाँच सय १८ मतपत्र खसेको थियो । प्रदेश सभाको चार मतपत्र बदर भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रिय सभा)तर्फ तीन सय ३२ र प्रदेश सभातर्फ पाँच सय ५० गरी राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा कुल आठ सय ८२ मतदाता कायम थिए । संघीय मतदाताको मतभार ७९ र प्रदेश सभा मतदाताको ४८ रहेको छ । 

उपराष्ट्रपति निर्वाचित यादवले संघतर्फ एक सय ८४ मतपत्र अर्थात् १४ हजार पाँच सय ३६ मत प्राप्त गरे भने प्रदेशतर्फ तीन सय २९ मतपत्र अर्थात् १५ हजार सात सय ९२ मत पाएका छन् । उपराष्ट्रपति निर्वाचित यादवले कुल ५२ हजार ६ सय २८ मतको ५७.६२ प्रतिशत मत प्राप्त गरेका छन् । जितका लागि उनलाई २६ हजार तीन सय १४ मत कटाउनु आवश्यक थियो । 

प्रतिस्पर्धी एमालेकी शाक्यले संघतर्फ एक सय चार मतपत्र अर्थात् आठ हजार दुई सय १६ मत प्राप्त गरिन् भने प्रदेशतर्फ एक सय ६९ मतपत्र अर्थात् आठ हजार एक सय १२ मत पाइन् । जनमतकी उम्मेदवार झाले संघमा २३ मतपत्र अर्थात् एक हजार आठ सय १७ मत प्राप्त गरिन् भने प्रदेशतर्फ १५ मतपत्र अर्थात् सात सय २० मत पाइन् । उम्मेदवार निष्क्रिय गर्दा पनि जसपाकै प्रमिलाले प्रदेशतर्फ एक मतपत्र अर्थात् ४८ मत पाएकी छिन् । 

उपराष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीले यादवलाई समर्थन गरेका थिए । गठबन्धनभित्रै आफ्नो उम्मेदवार उठाएको जनमतलाई रास्वपाले साथ दिएको थियो । १५ हजार तीन सय ९१ मत भएको एमाले एकल रूपमा प्रतिस्पर्धामा थियो । उम्मेदवार शाक्यले थप नौ सय ३७ मत पाएकी छिन् । 

उपराष्ट्रपतिको मतदानमा राप्रपा (१४ संघ, २८ प्रदेश) र (१ संघ, ३ प्रदेश) नेमकिपा अनुपस्थित रहे । जसपाका एक प्रदेश सांसद पनि अनुपस्थित रहे । राष्ट्रपति निर्वाचित रामचन्द्र पौडेलले पदबाट राजीनामा दिएको र जसपाकी शहनाज रहमानको निधन भएकाले मत परेन । कर्तव्य ज्यान मुद्दामा फरार लक्ष्मी महतो कोइरी अनुपस्थित रहे । बिरामी भएर माओवादी सांसद वर्षमान पुन, कांग्रेस सांसद चन्द्र भण्डारी र मनोरमा शेरचन सहभागी हुन सकेनन् । यसअघि एमालेका सुवासचन्द्र नेम्वाङलाई भारी मतले पराजित गर्दै रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपति चुनिएका थिए । 

उपराष्ट्रपति निर्वाचित यादवलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन् । प्रमाणपत्र समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, उम्मेदवार प्रमिला कुमारीलगायतले यादवलाई बधाई तथा शुभकामना दिएका थिए । समारोहमा प्रतिस्पर्धी शाक्य र झा अनुपस्थित थिए ।

शाक्यका प्रतिनिधि एवं एमाले सचेतक महेश बर्ताैलाले नवनिर्वाचित उपराष्ट्रपति यादवलाई बधाई ज्ञापन गरेका थिए । ‘स्वच्छ, सादगी र इमानदार राजनीतिको प्रतीकका रूपमा उहाँ हुनुहुन्थ्यो । उहाँको विजयले भविष्यमा स्वच्छ राजनीति र स्वच्छ व्यक्तित्वलाई प्रोत्साहन दिनेछ । उहाँको यो विजय सबैको विजय हो,’ जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिक्रिया दिए ।

नवनिर्वाचित उपराष्ट्रपति यादवले संविधान र ऐन–कानुनअनुसार उपराष्ट्रपति पदको काम, कर्तव्य र अधिकारको इमानदारीका साथ पालना गर्ने प्रतिबद्धता जनाए । राष्ट्रिय एकतालाई मजबुत र प्रवर्द्धक गर्न आफ्नो इमानदारी भूमिका रहने उनको भनाइ थियो । यादवले मुलुकको समृद्धि र शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन इमानदारीपूर्वक भूमिका निर्वाह गर्ने धारणा राखे । 

उपेन्द्रलाई बाटो खुला 
बारा २ बाट निर्वाचित यादव उपराष्ट्रपति निर्वाचित भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवलाई संसद् छिर्ने बाटो खुला भएको छ । सप्तरी २ मा जनमत अध्यक्ष सिके राउतसँग पराजित भएका उपेन्द्रले संसद् छिर्न सुरुदेखि नै सत्तागठबन्धनमा उपराष्ट्रपतिमा दाबी राखेका थिए । रामसहायलाई उपराष्ट्रपतिका लागि सहमत गराएका थिए । 

रामसहायलाई उपराष्ट्रपति बनाएर बारा २ बाट चुनाव लड्ने मनस्थिति बनाएका उपेन्द्रले सुरुदेखि नै तयारी थालेका थिए । यसका लागि उपेन्द्रले बाराबाटै निर्वाचित प्रदेश सभा सदस्य सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाए । त्यति मात्रै होइन, अशोक राईलाई पाखा लगाएर रामसहायलाई संसदीय दलको नेता बनाएका थिए । 

बारा २ मा बहुसंख्यक यादव समुदायको बसोवास भएकाले सहज ठानेर उपेन्द्रले तयारी अघि बढाएको नेताहरू बताउँछन् । शुक्रबार रामसहाय उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ रिक्त भएपछि उपेन्द्रलाई संसद् आउने प्रारम्भिक बाटो खुलेको हो । उम्मेदवार भएर प्रतिस्पर्धामा जित हासिल गरे उनी करिब ६ महिनापछि संसद्मा आउन पाउनेछन् । 

निर्वाचन आयोगले रामसहायका साथै रिक्त तीनवटै सिटमा १० वैशाखमा उपनिर्वाचन गर्दै छ । सर्वाेच्च अदालतबाट रवि लामिछाने गैरनागरिक ठहर भएपछि रिक्त चितवन २, रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त तनहुँ १ का साथै शुक्रबारदेखि रिक्त बारा २ मा १० वैशाखमा एकसाथ निर्वाचन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

अब मिलेर विकास र समृद्धिमा जानुपर्छ : पुष्पकमल दाहाल प्रचण्ड, प्रधानमन्त्री
हामी कति सहमति र समझदारीबाट जान सक्यौँ वा सकेनौँ, त्यो एउटा पक्ष भयो । तर, हामीले सन्तुलन कायम गरेका छौँ । राष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपराष्ट्रपति हेर्‍यो भने विभिन्न राजनीतिक दलबाट छ । यो सन्तुलन कायम गर्ने प्रक्रियामा मैले भूमिका खेल्ने अवसर पाएँ । अब मिलेर विकास, समृद्धि र आवश्यक ऐन निर्माणको प्रक्रियामा जानुपर्छ । 

सबै मिलेर देश अगाडि बढाउनुपर्छ : दमननाथ ढुंगाना, पूर्वसभामुख
विभिन्न दलबाट विभिन्न संवैधानिक पदमा सन्तुलन उत्साहबर्द्धक लाग्छ । पार्टी प्रतिनिधित्व गराऊँ भनेर सन्तुलन ल्याएको होइन, भागबन्डाको कसरतमा हुन पुगेको हो । तैपनि यसले एउटा अन्तरदलीय सहमति बढायो । राष्ट्रिय सहमतिको पहल पनि भएको छ । संविधानलाई सबै मिलेर अगाडि बढाउने, उत्तरदायित्व लिने र भ्रष्टाचार घटाउने कुरामा अघि बढ्नुपर्छ । देशमा आमुल परिवर्तन भएअनुसार जनतामा उत्साह बढाउने काम भएको छैन । परिवर्तन र जनताको समस्या हल गर्ने क्षमताबीच ठूलो खाडल छ । सबै मिलेर यो पूर्ति गर्नुभयो भने राम्रो हुन्छ । 

राज्यका प्रमुख पदहरूमा पदपूर्ति
४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनपछि देशले मुख्य संवैधानिक दायित्व पूरा गरेको छ । यससँगै राज्यका प्रमुख पदमा पदपूर्तिको कार्य सम्पन्न भएको छ । ताजा जनादेशबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १० पुसमा प्रधानमन्त्री नियुक्त गरियो । २५ पुसमा अधिवेशन आह्वानपछि २६ पुसमा प्रतिनिधिसभाले प्रधानमन्त्रीलाई अभूतपूर्व विश्वासको मत दियो । 

५ माघमा प्रतिनिधिसभाले देवराज घिमिरेलाई सभामुखका रूपमा पायो । ७ फागुनमा इन्दिरा रानामगरलाई उपसभामुख चुन्यो । २३ माघमा राष्ट्रिय सभाले उर्मिला अर्याललाई निर्विरोध उपाध्यक्ष चयन ग¥यो । २५ फागुनमा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भए । र, ३ चैतमा रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएका छन् ।